विदेश पठाईदिन्छु भन्दै ठग्ने पक्राउ

काठमाडौं, असार १८– ‘अमेरिका पढ्न पठाइदिन्छु’ भनी ठगी गर्ने चितवन भरतपुरका २६ वर्षीय सुजन न्यौपाने पक्राउ परेका छन् । चितवनमै भिसा अब्रोड एजुकेसन कल्सल्टेन्सी सञ्चालन गर्दै आएका न्यौपानेलाई महानगरीय प्रहरी अपराध महाशाखा टोलीले पक्राउ गरेको हो । उनले १५ जना विद्यार्थीलाई सेन्ट लुसियाकोे ल्यामबर्डस एकेडेमीमा अध्ययनका लागि गएका सम्पूर्ण विद्यार्थीलाई त्यहाँबाटै एक वर्षमा अमेरिका पठाउने प्रलोभन दिई प्रतिव्यक्ति १२ लाख रकम लिएका थिए । पीडित विद्यार्थी सेन्ट लुसिया पुगेपछि नाम मात्रको कलेज रहेको र त्यहाँका जिम्मेवार व्यक्तिविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा परेर कलेज बन्द अवस्थामा रहेकोे पाएपछि १४ विद्यार्थी केही दिनमै नेपाल फर्केका थिए । यो पनि पढ्नुहोस् कतारमा हामी लगभग अर्धभूमिगत रुपमा काम गर्दैछौंः रिमाल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय