बैदेशिक रोजगार व्यवसायीको नयाँ अध्यक्षमा विमल ढकाल

काठमाडौं, असार १८- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विमल ढकाल विजयी भएका छन् । विहीवार भएको निर्वाचनबाट ढकाल नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको हो । तर मत परिणाम भनें मिश्रति छ । नेपाली काँग्रेसका दुई र नेकपा एमालेको एक प्यानल चुनावमा लडेका थिए । अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार विजयी भएका छन् । अन्य पदाधिकारीमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार विमल ढकाल २ सय ३७ मत प्राप्त गरी विजयी भए । उनले एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सरोजकुमार पोखरेललाई २४ मतले पराजित गरे । प्रथम उपाध्यक्षमा फोरमकै कुमुद खनाल विजयी भए । द्वितीय उपाध्यक्षमा प्रगतिशील मञ्चका हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा प्रगतिशील मञ्चका मुक्तिनाथ अधिकारी विजयी भए । संघको महासचिवमा प्रगतिशील मञ्चकै रोहन गुरुङ र सचिवमा मञ्चकै राजेन्द्र भण्डारी विजयी भए । कोषाध्यक्षमा फोरमकी प्रतिमा महर्जन विजयी भइन् । कार्यसमिति सदस्यहरूमा पनि लोकतान्त्रिक र प्रगतिशीलका मिश्रित विजयी भएका छन् । सदस्यमा प्रगतिशीलका रमिला ताम्राकार, शुक्र पाख्रिन, सचिन शेरचन, सरस्वती गुरुङ विजयी भए । यस्तै लोकतान्त्रिक प्यानलबाट तेजुमाया लिम्बू, पुष्पराज चौलागाइ, चेतुबाबा पोखरेल, दीपक सिंजाली, सोमबहादुर तामाङ, र प्रकाश आचार्य सदस्यमा निर्वाचित भएका छन् । विजयी पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत बलबहादुर तामाङले प्रमाणपत्र वितरण गरे । यो पनि पढ्नुहोस् अव त श्रीमानलाई नेपाल नै बोलाउँछु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय