बैदेशिक रोजगारको नाममा ठग्ने पक्राउ

काठमाडौं, असार १७- बैदेशिक रोजगारीका लागि रुस पठाइदिने भन्दै ठगि गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । धनकुटा राजारानी–३ बस्ने धनबहादुर लिम्बुलाई आकर्षक तलवको प्रलोभन देखाई ६ लाख ३० हजार लिन सफल धनकुटाका कृष्ण प्रसाद लिम्बूलाई प्रहरीले काठमाडौंबाट पक्रेको हो । प्रहरीका अनुसार धनबहादुरको उजुरीका आधारमा कृष्णप्रसादलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । उनको साथबाट अन्य १४ जनाको राहदानी समेत भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनले बैदेशिक रोजगारीमा पठाउने कुनै ईजाजत प्राप्त गरेका छैनन् । पक्राउ परेका कृष्णप्रसादलाई थप अनुसन्धान एवं कारवाहीको लागि बैदेशिक रोजगार विभागमा पठाईएको प्रहरीले जनाएको छ । ४५ बर्षिय कृष्णप्रसाद धनकुटाको राजारानीका स्थायी बासिन्दा हुन् । यो पनि पढ्नुहोस् मृत हजुरवुवासँग सेल्फि खिचेर हालेपछि हंगामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय