‘व्यवसायीहरु, मन जित्ने गरी काम गर’: नेम्वाङ

काठमाडौं, असार १७- सभामुख सुवास नेम्वाङले बैदेशिक रोजगार व्यवसायीलाई जनतामुखि भएर काम गर्न आग्रह गरेका छन् । बैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनलाई काठमाडौंमा सम्वोधन गर्दै सभामुख नेम्वाङले प्रत्यक्ष रुपमा धेरै नेपालसँग जोडिएर काम गरेपनि उनीहरुले आम नेपालीको मन जित्न अझै प्रयास गर्नुपर्ने बताए । राज्यको धेरै क्षेत्रमा बैदेशिक रोजगार व्यवसायीको योगदान भएपनि सो अनुरुप जनतासँग नजिक भएर काम गर्न नसकेको भन्दै मर्यादित ढंगमा काम गर्न उनले आग्रह गरे । सभामुख नेम्वाङले व्यवसायीहरुले उठाउँदै आएको नीतिगत परिवर्तनको कुरालाई सरकारमार्फत संसदसम्म ल्याउन आग्रह गरे । उनले संघ स्थापपनाको २३ बर्ष वितिसक्दा समेत यसले जुन रुपमा उचाई ग्रहण गर्नुपर्ने हो त्यो हुन नसकेको भन्दै त्यसका लागि क्रियाशिल हुन संघको आगामी नेतृत्वलाई आग्रह गरे । सो अवशरमा सभाषदहरु प्रकाश ज्वाला, महेन्द्र शेरचन, रामहरी खतिवडासँगै आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र ढकाल लगायतले बोलेका थिए । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु भएको छ । आजै मतदान प्रकृया सुरु हुनेछ । प्रमुुख निर्वाचन आयुक्त बलबहादुर तामाङका अनुसार मतगणना समेत आजै हुनेछ । यो पनि पढ्नुहोस् मृत हजुरवुवासँग सेल्फि खिचेर हालेपछि हंगामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय