६० लाख ७० हजार वन सहयोग

काठमाडौं – दक्षिण कोरिया स्थित सुवन युनिभर्सिटीका प्रोफेसर सिद्धार्थ पाण्डेको पहलमा संकलन भएको ६० लाख ७० हजार वन रकम गैर आवसिय नेपाली संघलाई हस्तान्तरण गरिएको छ । भुकम्प पिडितका लागि प्रोफेसर पाण्डेले संकलन गरेको उक्त रकम एनआरएन कोरिया अध्यक्ष विनोद कुँवरलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणका क्रममा प्रोफेसर पाण्डेले आफूहरुले लत्ताकपडा, औषधि लगायत अन्य विभिन्न सामग्रीहरुको संकलन गरिरहेकाले उक्त सामग्री पनि एनआरएन कोरियामार्फत सहयोग गरिने बताएका छन् । अध्यक्ष कुँवरले एनआरएन कोरियामा संकलन भएको रकम भुकम्पले अति प्रभावित क्षेत्रका विद्यालयहरुमा सहयोग गरिने जानकारी दिएका छन् । कुँवरले एनआरएन कोरियाले भुकम्प पिडितहरुका लागि हालसम्म गरेका सहयोग रकम तथा संकलन भएको रकम छिट्टै सार्वजनिक गरिने बताएका छन् । यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: