
नेपालगन्ज, असार १६ – मानव तस्करी रोक्न संयुक्त पहल र निगरानी आवश्यक रहेको नेपालगन्जमा आयोजित एक कार्यक्रममका सहभागीले जोड दिएका छन् । नेपाल र भारतका सरकारी अधिकारी तथा अधिकारकर्मी सहभागी सो कार्यक्रमका सहभागीले अपसी समन्वय हुन सके मात्रै मानव बेचबिखन तथा ओसारपसर रोकिने जोड दिएका छन् । मानव बेचबिखन विरुद्धको जिल्ला समिति बाँके र माइती नेपालको आयोजनामा नेपालगन्जमा आयोजना भइरहेको मानव बेचबिखन विरुद्धको क्रस बोर्डर वर्कसपका सहभागीले यस्तो बताएका हुन् । भारत बहराइच जिल्लाका प्रहरी प्रमुख सुपरिटेन्डेन्ट अफ पुलिस नेहा पाण्डेले मानव बेचबिखनको मुद्दा एकदमै कहालीलाग्दो र भयावह भएकाले स्थानीय स्तरदेखि राज्य तहसम्म सहकार्य गर्दै न्यूनीकरण गर्न सकिने कुरामा जोड दिइन् । यस्तै, माइती नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङले कार्यशालाको उद्देश्यबारे प्रस्ट्याएका थिए । यो पनि पढ्नुहोस् चुलो चौकोबाट सेतो एप्रोनमा चिटिक्क !