विदेश जाँदै हुनुहुन्छ ? यी कुरा थाहा पाउनै पर्छ
  • केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ
  • लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
  • घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ
  • बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ
  • बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ विमा गर्दा कामदारलाई उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ
  • बैदेशिक रोजगारमा जाँदा विस्वासिलो भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ व्यवसायिक वा Visit भिसामा जानु हुदैन जानी जानी गलत कागजात बनाई जानु हुँदैन
  • घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ
  • बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ
  • स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन बेचिन वा ठगीमा पर्न सकिन्छ
  • आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ
  • बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू परिवारको साथमा राख्नु पर्छ
  • बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ
  • बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ
  • आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन
  • सरकारले निषेध गरेको देशमा काममा जानु हुदैन
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय