स्वदेशमै ४० लाख कमार्ई

चितवन – रत्ननगरका तरकारी कृषक जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर थिए। तर आफै तरकारीखेती गर्न थालेपछि भने उनले अरु मजदुरलाई काम दिनसक्ने भएका छन् । “यता आउँदा खेतमा मजदुरी गरेर दिनको दुईसय कमाउथे” उनले भने, “अहिले आफ्नै तरकारी बेचेर वर्षको ४० लाख कमाउँछु ।” उनले गीतानगरमा १० बिगाह क्षेत्रफलको खेतबारीमा एक्लै तरकारीखेती गरेका छन् । जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन् । करेला, रामतोरिया, ,गोलभेँडा, लौका, चिचिन्डो, घिरौला, काँक्रा, खुर्सानी, भन्टा, बोडीलगायतका तरकारी उनको खेतबारीमा फलिरहेका छन् । करेलामात्र उनले तीन बिगाहामा लगाएका छन् । “सुरुमा मजदुर थिएँ अहिले मालिक भएको छु” उनले भने । उनी विसं २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिरेका हुन् । खेतबारीमा काम गर्दागर्दै एकदुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाले । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारीखेती गर्नसक्ने बनेको उनले बताए । उनले झै आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाउनु भएको अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन गाउँका अरु किसानलाई पनि खेतीमा सघाउछन् । फूलबारी क्षेत्रमा उनले गरेको प्राङ्गारिक तरकारीखेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् । “गाउँका २०० भन्दा बढी किसानलाई सहकारीमा आवद्ध गराएर खेती गरिरहेको छु” उनले भने । सहकारीले लाखौको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएको उनले थुप्रै सम्मान र पुरस्कार पनि पाएका छन् । चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी बेमौसमी तरकारीखेती गरेर आफू मात्र होइन अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार भएका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उनीहरु पनि सहभागी छन् । वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्य पहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रम अन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा छ हजार २ सय हेक्टरमा तरकारीखेती हुने गरेको छ । यो पनि पढ्नुहोस् अव मलाई दुःख छैनः सीता चौधरी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय