अव मलाई दुःख छैनः सीता चौधरी

मेरो नाम सीतादेवी चौधरी हो । मेरो घर कञ्चनपुर वडा नम्वर १८ मा छ । श्रीमान् पहिले देखि नै मार्वल टाइल मिस्त्रीको रुपमा काम गर्नुहुन्थ्यो । त्यसैले म पनि खाली बस्नु भन्दा काम गरेर केहि कमाई हुने भएकाले निर्माण श्रमिकका रुपमा काम गर्न जान्थें ।Sita काम खासै जानेको थिएन । त्यसैले कमाई पनि राम्रो थिएन । त्यहि समयमा कञ्चनपुरको गुरुकुल ईन्स्टिच्यूट अफ टेक्निोलोजीमा मार्वल टाइल सम्वन्धि निःशुल्क तालिम खुलेको थाहा पाएँ । फर्म भरेर अन्तर्वार्ता दिएपछि म तालिममा छानिएँ पनि । पहिले देखि नै निर्माण श्रमिक भएर काम गरेको थाहा पाएर पनि होला मलाई उहाँहरुले तालिमका लागि छान्नुभयो । तालिम धेरै राम्रो भयो । पहिले त खासै काम पाइन्थ्यो । अहिले तालिम लिएको १० महिना भयो । काम निक्कै पाइरहेकी छु । विजुलीको समस्या भएको समयमा बाहेक खाली बस्नु पर्दैन । पहिले प्रतिदिन साढे दुईसय रुपैंया पाइन्थ्यो । त्यो पनि धेरै किचकिच गर्नु पर्दथ्यो । अहिले साढे तीनसय दिन थालेका छन् । तालिम पछि ठेकेदारले पनि विश्वास गर्न थालेका छन् । तालिमले यो क्षेत्रमा काम गर्ने महिलाको संख्या पनि बढ्दैै गएको छ । Sita 3 पहिले र अहिलेको तुलना गर्दा त आकाश जमिनको फरक भइसकेको छ । पहिले मलाई महिनाभरीमा ४ हजार कमाउन पनि मुस्किल पर्दथ्यो । त्यसैले घरखर्च चलाउन निक्कै गाह्रो थियो । अहिले महिनामा ९/१० हजार सजिलै म कमाउँछु । श्रीमानको पनि कमाई छ । त्यसैले महिनामा ४/५ हजार बचत हुन थालेको छ । अहिले हाम्रो नियमित रुपमा बचत भइरहेको छ । हाम्रो जग्गा जमिन छैन । त्यसैले सवै कुरा किनेर चलाउनु पर्छ । कमाई बढेपछि रासन किन्न सजिलो भएको छ । पहिले त कुनै सामान किन्न मन लागे पनि किन्न सकिन्नथ्यो । साथमा पैसा हुँदैनथ्यो । अहिले त त्यसरी मन खुम्च्याएर बस्नु पर्दैन । मन लागेको सामान किन्न पाइन्छ । मन लागेको कुरा खान सकिन्छ । तालिम पछि मैले त राम्रो प्रगति गरिरहेकी छु जस्तो लाग्छ । तर मेरै गाउँमा अरु कतिपय काम छैन भनेर त्यत्तिकै बस्छन् । हिंड म काम सिकाईदिन्छु भन्दा पनि गर्दैनन् । Sita 4 सीप भएन भनें कसैले पत्याउँदैन । आफ्नोे हातमा सीप, कला छ भनें गरेर खान सकिन्छ । त्यसैले सीप सिक्न, काम गरेर खान लाज मान्नु हुन्न भन्ने लाग्छ । अहिले म काम सिकिरहेकी छु । अव त मार्वल टाइल सम्वन्धि सवै काम गर्न जानि सकें । अझै केहि समय ठेकेदारसँगै काम गरेर अझ धेरै सिक्छु । र, राम्रोसँग काम जानिसकेपछि आफैं ठेकेदार भएर काम गर्ने मैले लक्ष्य लिएकी छु । Sita 5 (चौधरीसँग देश परदेशका लागि सुनिल न्यौपानेले गरेको कुराकानीमा आधारित) (सीतादेवी चौधरी(कञ्चनपुर )रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था गुरुकुल ईन्स्टिच्यूट अफ टेक्नोेलोजीले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) मोवाइलबाट नै महिनामा ३० हजार कमाइ (भिडियो सहित) भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=Q2M5QLIDh1s&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: