विदेशमा कुन महिनामा कति नेपालीको मृत्यु ?

काठमाडौं, असार १४ – गर्मी बढेपछि विदेशमा कार्यरत नेपालीको मृत्युको दर पनि बढेको छ । विशेषगरी धेरै नेपाली काम गर्ने खाडीका मुलुकमा यतिबेला चर्को गर्मी हुनेगर्छ । पछिल्लो तथ्याँक अनुसार जेठ महिनामा सरदर ४ जना नेपालीको मृत्युु प्रतिदिन भएको देखिएको छ । जेठ महिनामा कुल १ सय २२ जना नेपालीको मृत्यु भएको हो । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालू आर्थिक बर्षमा ८ सय ८२ जना नेपालीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी जेठमा र कम वैशाखमा (२८) शव नेपाल भित्रिएका छन् । वैशाख १२ को विनाशकारी भूकम्प तथा त्यसपछिका परकम्पका कारण श्रम गन्तव्य मुलुकले सबै शव पठाएका थिएनन् । वैशाखमा कम देखिनुको कारण त्यही हो । मृत्यु हुनेको संख्या सबैभन्दा बढी मलेसियामा छ । मलेसियामा नै सवैभन्दा धेरै नेपाली कार्यरत छन् । मृत्यु हुनेमा मलेसियापछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान र बहराइन रहेका छन् । अत्यधिक गर्मी, कामबाट फर्किनासाथ एसि चलाएर सुत्ने, सडक प्रयोग सम्वन्धि ज्ञान कम हुनु र पारिवारिक तनावका कारण धेरै आप्रवासी कामदारको ज्यान जाने गरेको हो ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय