
युएई ,असार १३ – नेपाल पत्रकार महासंघ युएई शाखाले युएईका नेपाली गतिविधिहरुलाई प्रभावकारी तरिकाले सञ्चार गर्न मिडिया सेल गठन गरेको छ । गत शुक्रबार बरदुबइमा बसेको शाखाको नियमित बैठकले युएईमा हुने विभिन्न संघ संस्था, व्यक्ति वा कम्पनीले आयोजना गर्ने सामाजिक, साँस्कृतिक कार्यक्रमहरुमा प्रचार प्रसारको लागि बनाइने मिडिया समुह, पत्रकार सम्मेलन लगायतको लागि आयोजकहरु र युएईबाट सञ्चालित अनलाइन मिडियाहरुसंग समन्वय गर्नको लागि उपाध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा ३ सदस्यीय मिडिया सेल गठन गरेको छ । सदस्यहरुमा लक्ष्मण खनाल र मेघराज सापकोटा रहेका छन । साथै सोही बैठकले युएईमा हुने विभिन्न कार्यक्रमहरु, संघ संस्थाका अधिवेशनहरुको निर्वाचन समिति, सञ्चार समुहहरुमा नेपाल पत्रकार महासंघ युएई शाखाका पदाधिकारीहरु, कार्य समिति सदस्यहरु , सल्लाहकारहरु र केन्द्रिय प्रतिनीधिहरुलाई व्यक्तिगत रुपमा बस्न नपाउने निर्णय गरेको छ । यदी महासंघसँग समन्वय गरि महासंघले तोकेको खण्डमा भने उनीहरु जिम्वारी सम्हाल्न सक्नेछन । महासंघका साधारण सदस्यहरुको हकमा भने उनीहरुको व्यक्तिगत स्वतन्त्रतामा रोक नलगाउने र त्यसरी महासंघ संग समन्वय नगरि त्यस्ता जिम्मेवारीमा जाने साधारण सदस्यहरु र त्यहाँबाट हुने गरेका गल्ती कमजोरीहरुलाई महासंघसंग जोड्न नपाइने र त्यसको जवाफदेहीता महासंघ नहुने शाखाका अध्यक्ष अर्जुन दाहालले जानकारी दिए । युएईमा रहेर पत्रकारितामा संलग्न रहेका महासंघ अवद्ध र गैर अवद्ध पत्रकारहरुको एक भेटघाट कार्यक्रम गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । जसको संयोजनको जिम्मेवरी केन्द्रिय प्रतिनिधि भुपराज वस्याललाई दिइएको छ । यो पनि पढ्नुहोस् चुलो चौकोबाट सेतो एप्रोनमा चिटिक्क !