बेचिनबाट जोगिए ३ सय ९५ महिला र बालबालिका

काठमाडौं, असार ११ – गत बैशाख १२ को भूकम्प पश्चात नेपालबाट महिला र बालबालिकाको बेचविखन बढेको देखिएको यस क्षेत्रमा कार्यरत संघसंस्थाले दावी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा माइती नेपाल, पौरखी लगायतका संघसंस्थाका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले भूकम्प पश्चात बेचविखनका लागि भारत तर्फ लगिंदै गरेका ३ सय ९५ महिला, बालबालिकालाई रोक्न सफल भएको बताए । नागढुँगा सँगै देशका १२ वटा चेकपोेष्टमा गरिएको निगरानी र विभिन्न निगरानी समुह मार्फत उनीहरुलाई बेचिनबाट जोगाउन सफल भएको खड्काले बताए । तर अन्तराष्टिय जगतमा नेपालका सवै चेलिबेटी बेचखिन भइरहेको ढंगले प्रचार गरिएको भन्दै खड्काले अवस्था त्यहि जटिल पनि नभएको प्रष्ट पारे । उनले गत बर्षको अवधि र यसबर्षको सोही अवधिलाई तुलना गरेर हेर्दा बेचविखनका प्रयासका घटना बढेको बताए । सो अवशरमा पौरखी नेपालीकी अध्यक्ष मञ्जु गुरुंगले भूकम्प पश्चात बेचविखनका घटना बढ्न नदिन सुचना केन्द्रहरु राखेर काम गरिएको बताइन् । उनले नेपालमा रोजगारीका विकल्प पनि नदिने र महिलाका लागि घरेलु कामदारका रुपमा बैदेशिक रोजगारमा जाादा उमेरको हदबन्दी राखेर अझ जोखिम बढाउने काम भएको तर्क गरिन् । पत्रकार सम्मेलनमा सुरक्षित आप्रवासनको क्षेत्रमा कृयाशिल अन्तराष्टिय गैरसरकारी संस्था एडव्लुओका राष्टिय निर्देशक फेलिक्स नेउहसले बर्षमा १३ हजार महिला तथा बालबालिका बेचविखनमा पर्ने गरेको भन्दै यसलाई नियन्त्रण गर्न ठूलै प्रयत्नको खाँचो औंल्याए । उनले यसका लागि अफ्नो संस्थाले नेपालमा माइती नेपाल, पौरखी नेपालसँग साझेदारी गरेर काम गरिरहेको बताए । सो अवशरमा आइओएमकी प्रतिनिधि योको किमुराले नेपालबाट महिला मात्र नभइ पुरुष समेत बेचविखनमा परिरहेको बताइन् । उनले भूकम्प पश्चात मानव बेचविखनका घटना बढ्न नदिन आइओएमले विभिन्न संघसंस्था तथा नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको बताइन् । यो पनि पढ्नुहोस् कतारमा हामी लगभग अर्धभूमिगत रुपमा काम गर्दैछौंः रिमाल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय