
काठमाडौं- खाडीका छ वटा देश र मलेसियामा जाने कामदारका लागि निःशूल्क भिषा र टिकटको व्यवस्था लागू हुने भएको छ। विभिन्न मेनपावर कम्पनीहरुको विरोधका बाबजुद सरकारले आगामी असार २१ गतेदेखि निःशुल्क भिषा र टिकटको व्यवस्था गर्न लागेको हो । सोही अनुसारको सुचना प्रकाशन गरिएको छ । यो व्यवस्था पछि कतार, युएई, साउदी अरब, बहराइन, ओमान, कुवेत र मलेसिया काम गर्न जाने नेपाली कामदारका लागि भिसा र टिकटको पैसा लिन पाइनेछैन । यो व्यवस्था असार २१ देखि लागु भएपछि निःशुल्क भिसा र निःशुल्क टिकटको मागपत्रमा मात्र बैदेशिक रोजगार विभागले श्रम अनुमति दिनेछ । श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार यसअघिको मन्त्रीस्तरीय निर्णयअनुसार यो व्यवस्था लागू हुनेगरी सूचना प्रकाशन गरिएको हो। कामदार रोजगारका लागि छनोट भएपछि उसको जीवन वीमा, अभिमुखिकरण तालिम र स्वास्थ्य परीक्षण गराउने कायर्मा इजाजतपत्र संस्थाले नै सम्वन्धित संस्थाहरुमा उपस्थित गराउनुपर्ने व्यस्था छ। यसमा इजाजत पत्रप्राप्त संस्थाले सेवा शुल्क तथा प्रवद्र्धन खर्चवापत १० हजार रुपैयाँसम्म शूल्क भने लिन पाउने छन् । यो व्यवस्थासँगै मलेसिया तथा अन्य खाडी मुलुक जाने कामदारको अधिकतम लागत ७० देखि ८० हजार रुपैयाँ तोकिएको व्यवस्था खारेज भएको छ। यो पनि पढ्नुहोस् मलेसियाबाट नेपाली चेलीको अनुरोधः अस्मिता जोगाउन सिक