यूएईमा नेपाली टीम सेमिफाइनलमा लागि खेल्दै

नवराज बस्नेत, युएई – युएईको अबुधाबीस्थित आर्मी अफिसर क्लबको आयोजनामा २३ जुनबाट सुरु भएको भलिबल खेलमा नेपाली टिम पनि सहभागि भएको छ । युएईमा नेपालीको कुनै क्लब तथा संघसंस्था बिधिवत रुपमा दर्ता नभएको हुँदा नेपाली खेलाडी युएईको मरिना क्लबमा आबद्ध भएर खेल खेल्दै छन् । दान बहादुर जी.सी. प्रशिक्षक रहेको टिममा नेपाल प्रहरीका पूर्व खेलाडी प्रेम भण्डारीले कप्तानी सम्हालेका छन् । ओम थापा, ईश्वर धमाल, प्रेम शाही, प्रताप खवास, ज्ञान मल्ल, सन्तोष गुरुङ, बम थापा, थमन शर्मा, राजु हमाल, अमर राज गिरी र नरेश चन्दको टिम रहेको छ । सात टिमको सहभागीता रहेको उक्त प्रतिस्पर्धामा दुर्इ ग्रुप गरिएको छ । नेपाली टोलि ग्रुप बि मा परेको छ । ग्रुप ए मा ४ टिम र ग्रुप बि मा ३ टिम रहेका छन् । हिजो भएको खेलमा नेपाली टिमले प्यालेस्टाइन टिमलाई सोझो सेट २६-२४ र २५-२० ले हराएको थियो । बुधवार युएई समय अनुसार रातिको ११ बजे सोहि स्थानमा नेपाली टिमको लागि दोश्रो खेल हुँदै छ । यदि यो खेल पनि जितेको खण्डमा नेपाली टिम ग्रुप बिजेताको रुममा सेमिफाइनलमा पुग्नेछ । प्रतियोगिताको विजयी टीमले एक लाख ५० हजार, दोश्रोले एक लाख र तृतीय हुने टिमले ४० हजार युएई दिराम पाउने छन् । प्रवेश निःशुल्क रहेको हुँदा युएईमा रहेका खेलप्रेमी नेपालीहरुलाई उपस्थितिको लागि नेपाली टीमले अनुरोध गरेको छ । यो पनि पढ्नुहोस् ‘आईडिया’ भए विदेशमा गज्जवको अतिरिक्त कमाइ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय