क्वालालम्पुर- मलेशियास्थित नेपाली दूतावासले गैर आवासिय नेपाली संघ मलेशियाले हालै लगाएको आरोपको खण्डन गरेको छ । संघका केही पदाधिकारीले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरि दूतावासले ३६ करोडको भ्रष्टाचार गरेको आरोप लगाएको थियो । मंगलबार दूतावासले एक प्रेस विज्ञपति जारी गर्दै संघले लगाएको आरोप कपोकल्पित रहेको जनाएको छ । दुतावासले जारी गरेको बिज्ञप्तीमा काठमाडौमा पत्रकार सम्मेलन गरि दूतावासलाई आरोप लगाउने ब्यक्तिहरुको चरित्र खराब रहेको उल्लेख गर्दै नेपाली कामदारलाई मलेशियामा अलपत्र पार्ने, काम गरिदिन्छु भनी पैसा लिने र बेपत्ता हुने, मलेशियामा काम गर्ने नेपालीबाट अनुचित लाभ उठाउने ब्यक्तिहरुले गरेको पत्रकार सम्मेलनमा दुतावासले ३६ करोडको अनियमितता भनी बोलेको कुरा कपोकल्पित, भ्रामक, निराधार र सरासर झुट रहेको भनिएको छ । साथै संघको एमआरपिका लागि फारम भर्ने र फोटो खिच्ने प्रस्तावमा दूतावास सकारात्मक रहेको भए पनि संघ भित्रै आपसी कुरा नमिल्दा र संघका पदाधिकारी बिच दूतावास भित्रै कुटपिट जस्तो घटना भएकोले उक्त निर्णय रद्ध गरिएको दुतावासको विज्ञप्तीमा भनिएको छ । यो पनि पढ्नुहोस् लेवरबाट मालिक(भिडियो सहित) दुतावासद्धारा जारी विज्ञप्ती पढ्नुहोस्
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1