युएईबाट ४३ लाख

अबुधाबी – यूएईका नेपालीले भुकम्प पीडित नेपालीका लागि ४३ लाख ६ हजार ३ सय ३८ रूपैँया सहयोग प्रदान गर्ने भएका छन् । नेपाली दूतावास अबुधाबीमा जुन २१ का दिन आयोजित सहयोग रकम हस्तान्तरण भेलामा “नेपाली भुकम्प पीडित नागरिकको सहयोगार्थ” आयोजित साँस्कृतिक कार्यक्रमको आर्थिक समितिले गत १२ जुनमा आयोजित साँस्कृतिक कार्यक्रमबाट १ लाख ८८ हजार दिरहम्स आम्दानी भएको साथै कार्यक्रमका लागि कुल ३४ हजार ३५ दिरहम्स खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो प्रतिवेदन कार्यक्रमका संयोजक कृष्ण भुसालले यूएईका लागि नेपाली राजदूत धनञ्जय झालाई बुझाएका थिए । आर्थिक प्रतिवेदन अनुसार कार्यक्रमबाट भएको कुल नाफा यूएई दिरहम्स १ लाख ५३ हजार ९ सय ६५ अर्थात ४३ लाख ६ हजार ३ सय ३८ रुपैंयाँ प्रधानमन्त्री राहत कोषमा आगामी शुक्रबारसम्म पठाइसक्ने आर्थिक समितिले जनाएको छ । आर्थिक समितिले प्रस्तुत गरेको आम्दानी खर्च बिवरण अनुसार कार्यक्रमका प्रायोजकहरुबाट यूएई दिरहम्स २३ हजार उठाउन बाँकी रहेको देखिएको छ । आर्थिक समितिका संयोजक बालकृष्ण खड्काका अनुसार प्रायोजकबाट लिन बाँकी रहेको रगम आगामी बिहिबारसम्म संकलन हुने र त्यसपछि एक मुष्ठ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताएका छन् । खड्काका अनुसार बाँकीरहेको रकम संकलन हुन ढिला भएमा आयोजकले नै रकम थप गरेर भएपनि सो रकम शुक्रबार जम्मा हुनेछ । सहयोग रकम हस्तान्तरण भेलामा साँस्कृतिक कार्यक्रमका आयोजक समितिका विभागिय प्रमुखहरूले गत जुन १२ को कार्यक्रम आयोजनाको क्रममा विविध कमिकमजोरी भएको स्वीकार्दै यूएईमा रहेका पत्रकारहरूप्रति हुनगएको दुव्र्यबहारप्रति क्षमायाचना गरेका थिए । नेपालमा गएको विनासकारी भुकम्पका कारण देशमा गएको धनजनको क्षतिमा सहयोग गर्ने उद्देश्यले जुन १२, २०१५ का दिन अबुधावीको अल नहादा नेशनल स्कुलको हलमा “नेपाली भुकम्प पीडित नागरिकको सहयोगार्थ” साँस्कृतिक कार्यक्रममको आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाली दूतावासको संरक्षकमा, गैर आवासीय नेपाली संघ, यूएईका अध्क्षय कृष्ण भुसालको संयोजनमा यूएईका बहुसंख्यक संघसंस्थाको संलग्नता एवं सहकार्यमा सम्पन्न भएको थियो । ३ हजारभन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार राजेश हमाल, दिपकराज गिरी, दिपाश्री निरौला, तेरीया फौजा मगर, तिलक बम मल्ल, ईन्द्र जिसी, सम्झना लामिछाने मगर, आस्था राउत र प्रजिता गेलालले निःशुल्क उपस्थित भई राहत रकम संकलनमा सहयोग गरेका थिए । साथै कार्यक्रम गर्ने हलसमेत भुकम्प पीडितका लागि निःशुल्क उपलब्ध भएको आयोजक समितिले जनाएको छ । यो पनि पढ्नुहोस् लेवरबाट मालिक(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय