जापानमा कामदारलाई स्थायी गर्ने विधेयक पारित

काठमाडौं – जापानमा अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने विधेयक त्यहाँको तल्लो सदन डायटले पारित गरेको छ । डायटले निश्चित अवधिभित्र अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने भन्दै सो बिधेयक पारित गरेको हो । यसअघि यो विधेयक दुई पटक पारित हुन सकेका थिएन । डायटले अस्थाई कामदारलाई पूर्णकालीन रोजगारीमा प्रोत्सहान गर्ने उद्देश्यले तयार भएको यो बिधयकले कानुनी मान्यता पाउनका लागि अब माथिल्लो सदनमा जाने छ । जापानको विपक्षी लोकतान्त्रिक पार्टी भने उक्त विधयकको विपक्षमा उभिएको छ । विधेयकमा कामदारको समय अवधि तीन बर्ष तोकिएको छ । तीन बर्ष सोही हैसियतमा काम गरेका कम समयका कामदारलाई कम्पनी वा रोजगारदाताले पूर्णकालीन बनाउनु आवश्यक हुनेछ । यो प्रावधानलाई लिएर विपक्षी पार्टीले भने तीन बर्षभन्दा कम समयमा रोजगारदाताले अस्थाई कामदारलाई हटाउने सम्भावनामा बृद्धि हुने र यसले गर्दा बेरोगारी बढ्ने बताउदै आएको छ । यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय