एनआरएन अध्यक्ष घलेले राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं – गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसंग भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष घलेले भूकम्पको महाविपतपछि गैरआवासीय नेपाली संघले सञ्चालन गरेको आपतकालिन राहत वितरणबारे जानकारी गराए । नेपाल सरकारसंगको सहकार्यमा संघले १४ जिल्लाका केहि गा.बि.स. हरुमा अत्यावश्यक सामग्रीहरु वितरण गरेको र २६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए । दोस्रो चरणको पुर्नवास कार्यक्रम अन्र्तगत करिव ३५ करोड रुपैंयाँको लागतमा एक हजार घर निर्माण गर्ने तयारी भइरहेको जानकारी दिंदै अध्यक्ष घलेले मातृभूमीलाई परेको दुःखमा सदैव गैरआवासीय नेपालीहरु सहयोगी बन्ने बताए । अध्यक्ष घलेले आगामी अक्टोवरको दोस्रो हप्ता सातौं गैरअवासीय नेपाली विश्व सम्मेलन आयोजना हुन लागेको जानकारी गराउँदै यसको उद्घाटन गरिदिन पनि राष्ट्रपति यादवलाई अनुरोध गरे । राष्ट्रपति यादवले गैरआवासीय नेपालीहरुको मातृभूमी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रतिको कर्तव्यवोध र विना कुनै स्वार्थ उदार हृदयबाट गरेको सहयोगले आफू निकै प्रभावित भएको र यसले समग्रमा सारा नेपालीहरुलाई एक जुट भई यस विपत्तिको सामना गर्न थप बल तथा प्रेरणा मिलेको वताए । गैरआवासीय नेपालीहरुको सहयोग र सहभागीताको छुटै महत्व हुने र यसलाई अन्य संघसंस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग दाँज्न र एकै टोकरीमा राखेर मूल्याङ्कन गर्न नहुने वताउँदै भन्दै राष्ट्रपति यादवले यस महाविपत्तिको सामना गर्न हरेक गैरआवासीय नेपालीलाई आफूले सक्दो सहयोग गर्न समेत अनुरोध गरे । राष्ट्रपति यादवले एनआरएन अध्यक्ष घलेलाई नेपाल सरकारले बिषेश दूतमा नियुक्त गरेकोमा वधाई दिंदै विना पारिश्रमिक आफ्नो व्यस्तताका बावजुत पनि मातृभूमि र नेपालीका लागि त्याग र सेवा गरेको भन्दै धन्यवाद दिए । यो पनि पढ्नुहोस् नेपाली कामदारलाई बचाउने हो भनें …..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय