नेपाल भित्रिने रेमिट्यान्स बढ्यो

काठमाडौ – बैशाख महिनाको भूकम्पले अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव पारेपनि रेमिट्यान्स भनें बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको आर्थिक विवरण अनुसार रेमिट्यान्स गत बर्षको यसै अवधिभन्दा १० प्रतिशत बढेको हो । यस संगै १० महिनामा ४ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चैत महिनासँग तुलना गर्दा बैसाखमा १३ प्रतिशत बढि रेमिट्यान्स भित्रिएको छ । विपद पछि घरमा रकम पठाउने क्रम बढनु र हुण्डीवालालाई कारवाही गर्ने हल्लाले बैंकिग माध्यमबाट रकम बढेको ठम्याइ राष्ट्र बैंकको छ । यता वस्तु व्यापार घाटातर्फ १० दशमलब २ प्रतिशतले वृद्धि भई ५ सय ३६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार यो अवधीमा कुल विदेशी विनिमय सञ्चिति १७ दशमलब ४ प्रतिशतले वृद्धि भई ७ सय ८१ अर्ब ३३ करोड पुगेको छ । बैंकका अनुसार आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिको साढे १२ महिनाको वस्तु आयात र करिब ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने छ । यसैगरि औसतमा बजार भाउ पनि न्युन दरले बढेको छ । गत बर्ष यस अवधिमा ७ दशमलब ९ प्रतिशत बढेकोमा यस बर्ष ७ दशमलब १ प्रतिशतले बढेको छ । राजस्वतर्फ दश महिनामा ११ दशमलब ७ प्रतिशत बृद्धि देखिएको छ । कुल ३ सय १२ अर्ब ९४ करोड रुपैयाँ राजस्व पुगेको प्रतिवेदनमा उल्लेख छ । मूल्य अभिवृद्धि कर तथा भन्सार महसूल राजस्वको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम रहेको तथा गैरकर राजस्व घटेको कारण समग्र राजस्वको वृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त तथ्याङ्क अनुसार चालु आबको दश महिनासम्ममा सरकारलाई वैदेशिक नगद ऋण वापत १६ अर्ब ९९ करोड रुपैयाँ र बैदेशिक नगद अनुदानतर्फ २६ अर्ब ७३ करोड रुपैया छ । यो पनि पढ्नुहोस् कतारमा नेपालीको मृत्युमा कम्पनी दोषि ठहर, ५४ लाख व्लड मनी तिर्न आदेश

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय