युएई आउँदै नायिका सुष्मा लगायतका कलाकारहरु

दुबई- यूएईमा फेरी अर्को साँगितिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा पपगायक सुगम पोखरेल, नायक विष्णु कार्की, नायिका सुष्मा कार्की, हास्यकलाकार निरु खड्का ‘मैया’ आगामी आउने भएका छन् । नेपाली पप तथा रक संगीतका साथमा हाउडे, सुबकी जस्ता र्यापरहरुको नवीन प्रस्तुति रहने उक्त कन्सर्ट पूर्ण रुपमा सांगीतिक तथा मनोरन्जनपूर्ण हुने दाबी आयोजकले गरेका छन् । कार्यक्रमलाई कलात्मक रुपमा सञ्चालन २० वर्ष भन्दा लामो समय उद्घोषण गरिसकेका इमेज च्यानलका सुशील नेपाल पनि आउन लागेका छन् । रुन्चे गायकको रुपमा प्रसिद्धि कमाएका प्रकाश पौडेलले आफ्ना नयाँ तथा पुराना गीतहरु पनि गाउने बताइएको छ । फिस्टेल कन्सर्ट आगामी जुलाई ३१ मा हुनेछ । सो कार्यक्रमको टिकट सुलभ दरको राख्ने आयोजक विक्रान्त कार्कीले बताएका छन् । यूएईको नेपाली समुदायमा नयाँ अनुहार कार्कीले यसअघि कतारमा थुप्रै कार्यक्रम र चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ५ महिनादेखि दुबईको एक ट्राभलमा आबद्ध छन् । यो पनि पढ्नुहोस् स्वदेशमै ४० लाख कमार्ई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय