ओमानमा बढे नेपाली कामदार

काठमाडौं – ओमानमा नेपाली कामदारको संख्या यसबर्ष केहि बढेको छ । हालै सार्वजनिक गरिएको तथ्याँक अनुसार त्यहाँ १२ हजार ७ सय ८१ जना नेपाली कामदार रहेका छन् । त्यसमध्ये ३ हजार ४ सय ९ जना महिला रहेका छन् । नेपाली पछि श्रीलंकाका कामदार रहेको तथ्याँक ओमानको सरकारी निकायले सार्वजनिक गरेको हो । हाल ओमानमा १६ लाख १४ हजार ५ सय ४५ आप्रवासी कामदार छन् । त्यसमध्ये १ लाख ८८ हजार ५ सय ७९ जना महिला रहेको जनाइएको छ । ओमानमा रहेका आप्रवासी कामदार मध्ये सवैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । भारतीय कामदारको संख्या ६ लाख २६ हजार ७ सय २१ रहेको छ । त्यसमध्ये ३४ हजार २ सय ५९ जना महिला रहेका छन् । भारतीय कामदारको संख्या पनि अघिल्लो बर्ष भन्दा १ दशमलव १ प्रतिशत बढेको हो । दोश्रोमा बंगलादेशी नागरिक रहेका छन् भनें तेश्रोमा ईथोपियन रहेका छन् । यो पनि पढ्नुहोस् स्वदेशमै ४० लाख कमार्ई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय