कतारमा बृहत ईफ्तार कार्यक्रम हुने

चिरन्जिबी तिम्सिना, कतार- मुस्लिम सेवा समाज कतारको अगुवाइमा ईलाम धर्मावलम्बीहरुको पवित्र महिना रमाजानको अवशरमा सदाका बर्षहरु झैँ यसबर्ष पनि बृहत इफ्तार कार्यक्रम हुने भएको छ । नेपाली मुस्लिम समाज कतार द्वारा दोहा कतारमा आयोजित पत्रकार सम्मेलन मार्फत यो बृहत इफ्तार हुन गैरहेको जानकारी गराईएको हो । जुलाई ३ २०१५ शुक्रबारका दिन मानव कल्याणकारी संस्था शेख तानिबिन अब्दुल्लाह मानवकल्याणकारी समिति राफ कतारको अयोजना तथा नेपाली मुस्लिम समाज कतारको सम्वन्यमा दोहाको न्यू सलाता स्थित अल अरवि सपोर्ट क्लवमा दिउँसो ३ बजेबाट बृहत इफ्तार कार्यक्रम हुने भएको छ । धर्म, संस्कार र संस्कृतिको सम्बर्धन तथा भाइचाराको बिकासका निमित्त नेपाली मुस्लिम समाज कतारले उक्त कार्यक्रमलाई समन्वय गर्ने भएको हो । सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि आयोजना गरिएको यस कार्यक्रममा सदाका बर्षहरु जस्तै उत्तिकै (करिब अठार सय देखि दई हजार) व्यक्ति उपस्थिति रहने समाजका अध्यक्ष अब्दुल हफिज मियाले जानकारी दिएका छन् । उक्त पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्ष तथा एनआरएनए कतारका वर्तमान अध्यक्ष मक्सुद आलम, समाजका सल्लाहकार संयोजक अजिजुर रहिमन शेख महमद उजिर शेख, महमद हरुन, मौलाना आयुब अलि लगायत समाजका पदाधिकारीहरुको बाक्लै उपस्थित रहेको थियो । कतारको नयाँ नियम कानुनको बारेमा जानकारी तथा विभिन्न जनचेतनामूलक प्रस्तुतिहरुका साथै ट्राफिक दुर्घटना सम्बन्धि मुख्य जानकारीका साथ कतारको आन्तरिक मामिला मन्त्रालयबाट समेत ईफतार कार्यक्रममा सहभागिता रहने भएको हुनाले कार्यक्रममा आउन जानका लागि यातायातको समेत व्यवस्था गरिने जानकारी गराइएको छ । कतारवासी नेपाली समुदायलाई एकबद्ध भएर लैजानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताउदै कतारमा स्थापित सबै नपाली संघसंस्थाहरुलाइ समेत निमन्त्रणा गरिने तथा गत बर्षको जस्तै यो बर्ष पनि उल्लेख्य नेपालीहरुको उपस्थिती रहने अपेक्षा रहेको जानकारी गराइएको थियो । यो पनि पढ्नुहोस् मेरो भिसा कहिले आउँछ…………?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय