बैदेशिक रोजगार विभागमा हात हालाहाल, कार्यालयको शिशा फुट्यो

काठमाडौं – बैदेशिक रोजगार विभाग, काठमाडौं शाखा प्रमुख विश्वप्रकाश सुवेदीलाई कार्यालयमै हातपात गर्न खोजेको अभियोगमा १७ जना श्रम प्रतिनिधि पक्राउ परेका छन् । मंगलवार दिउँसो विभागको कतार शाखामा भित्र पसेका श्रम प्रतिनिधिहरु र सुवेदीबीच भनाभन हुने क्रममा झण्डै हात हालाहालको स्थीति भएको थियोे । सुवेदीले भित्र किन पसेको भन्ने प्रश्नमा श्रम प्रतिनिधिले फाइल खोज्न भन्ने जवाफ दिएका थिए । सुवेदीले फाइल खोज्न की फायल झिक्न भनेपछि दोहोरो भनाभन सुरु भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । त्यसपछि सुवेदीले धकेलेर आफूहरुलाई बाहिर निकाल्न खोजेपछि आफूहरुले पनि प्रतिरोध गरेको श्रम प्रतिनिधिहरुको भनाई छ । तर सुवेदीले भनें यसबारेमा बोल्न चाहेनन् । सोही क्रममा लक्ष्मी बस्नेत नामकी श्रम प्रतिनिधिले सुवेदीले आफ्नो संवेदनशिल अंग समाएको आरोप समेत लगाएकी छिन् । विवादपछि श्रम प्रतिनिधिहरुले ढुँगा हानेका थिए । सो क्रममा कतार शाखाको एउटा झ्यालको शिशा फुटेको छ । सो घटना पश्चात प्रहरीले १७ जना श्रम प्रतिनिधिलाई पक्राउ गरी कालिमाटीमा राखेको छ । घटना पश्चात पक्राउ परेकाहरुको जिम्मेवारी आफूहरुले लिने गरी हिरासतबाट रिहा गर्न  आग्रह गरेपनि सुवेदीले नमानेको र भोली(बुधवार) विभागका महानिर्देशक सहित मात्र छलफलमा बस्ने भन्दै हिंडेको बैदेशिक रोजगार व्यवसायी प्रेम कटुवालले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस् ‘जव उनले बाबुलाई मलेसियाबाट फोन गरे’  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय