पत्रकारलाई रोक्ने हाम्रो नीति होइन : भुसाल

उत्तम अधिकारी, आबुधाबी – गत शुक्रवार आबुधाबीमा सम्पन्न च्यारिटी शोका संयोजक कृष्णप्रसाद भुसालले एक बिज्ञप्ति जारी गर्दै पत्रकारलाई अवरोध गर्ने आयोजकको नीति नभएको बताएका छन् । गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष समेत रहेका भुसालले आइतवार साँझ बिज्ञप्ति जारी गर्दै कार्यक्रममा पत्रकारहरुलाई बन्देज लगाईएको सुन्दा दुःख लागेको उल्लेख गरेका छन् । उनले बिज्ञप्तिमा संचारकर्मीलाई छुट्याइएको पास वितरण हुन नसक्नुलाई आयोजकको कमजोरी भएको स्वीकार गरेका छन् । ब्यवस्थापन पक्षबाट हुन पुगेको कमी कमजोरी र त्यसबाट कसैलाई ठेस पुगेको भए भुसालले कार्यक्रम संयोजकको तर्फबाट क्षमा मागेका छन् । नायक राजेश हमाल, दिपकराज गिरी र दिपाश्री निरौला, आस्था राउत लगायत चर्चित राष्ट्रिय स्तरका कलाकारले भूकम्प पिडितको सहयोगार्थ निःशुल्क प्रस्तुति गरेको उक्त कार्यक्रममा पत्रकारलाई सहज प्रवेश, समाचार संकलन र तस्विर लिन समेत स्वयंसेवकले पुर्याएको अवरोधको सर्वत्र बिरोध भएको थियो । सोहि कारण यूएईका अधिकांश संचारकर्मीले अहिलेसम्मकै ठुलो उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रमको समाचार समेत लेखेनन् । तीन हजारको हाराहारी दर्शक संख्या रहेका र नेपाली राजदूतावास आबुधाबिको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रमको स्थानीय नेपाली संचारकर्मी र संचार गृहले तस्विर पनि सार्वजनिक गरेनन् । दैवीप्रकोप राहत तथा उद्धार समिति यूएईको आयोजनामा गत शुक्रवार आबुधाबीको मुश्रिफस्थित अल नाहदा नेसनल स्कुलमा भब्य रुपमा उक्त च्यारिटी शो भएको थियो । भुसाल उक्त समितिका संयोजक पनि हुन् । आयोजक समितिले संचारकर्मीलाई ५ ओटा प्रेस पास दिने भनेर निर्णय गरेपनि उक्त पास संचारकर्मीलाई उपलब्ध गराइएको थिएन । यसैबीच भुसालले आफ्नो बिज्ञप्तिमा शनिवारका दिन यूएईका लागि नेपाली राजदुत धनञ्जय झाले कलाकारको सम्मानार्थ आयोजना गरेको रात्रिभोज सहितको कार्यक्रमको बारेमा केहि संचार माध्यम र सामाजिक संजालमा भएको भ्रामक बहसको खण्डन गरेका छन् । यूएईका केहि समाजसेवीले कार्यक्रमबाट उठेको पैसाबाट मस्ती गरेको भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेपछि भुसालले त्यसको खण्डन गरेका हुन् । “कलाकारहरुलाई प्रशंसा पत्र सहित सम्मानार्थ महामहिम राजदुतज्यूले उक्त रात्रिभोजको कार्यक्रम आयोजना गर्नु भएको र कार्यक्रम सफल पार्न अहोरात्र खटेका सहयोगीहरुलाई समेत निमन्त्रणा प्राप्त भए बमोजिम सहभागिता जनाईएको समेत स्पष्ट पार्न चाहन्छु उनले विज्ञप्तीमा भनेका छन् । जारी बिज्ञप्तिमा उनले बिषयलाई तोडमोड नगर्न सबैमा अपिल गर्दै भनेका छन् “पिडित नागरिकको सहयोगसंग सम्बधित यस्ता अत्यन्तै संबेदनशिल बिषयलाई तोडमोड नगराउन र अनावश्यक भ्रम सिर्जना गरी सौहाद्रपूर्ण माहौललाई नभड्काउन म सम्बधित सबैमा हार्दिक अपिल गर्दछु ।” यो पनि पढ्नुहोस् युएईमा पत्रकारलाई गरिएको दुव्र्यवहारप्रति खेद प्रकट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय