युएईमा पत्रकारलाई गरिएको दुव्र्यवहारप्रति खेद प्रकट

काठमाडौं – हालै नेपालमा गएको विनाशकारी भुकम्पका पिडितहरुको सहयोगका लागि गत जुन १२ का दिन अबुधावीमा आयोजित साँस्कृतिक कार्यक्रममा नेपाली पत्रकारहरुलाई गरिएको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ, युएई शाखाले खेद प्रकट गरेको छ । महासंघका युएई शाखा अध्यक्ष अर्जुन दहालले एक विज्ञप्ती प्रकाशित गर्दै समाचार संकलनका लागि पुगेका नेपाली पत्रकारलाई दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कारवाही गर्न आयोजक समक्ष माग गरेका छन् । विज्ञप्तीमा फोटो खिच्न गएका पत्रकारको कठालो समात्ने र समाचार संकलन गर्न गएकाहरुलाई युएईका स्थानीय सञ्चार माध्यममा काम गर्ने भएमा मात्र पत्रकारको हैैसियतमा भित्र पस्न दिने भन्दै दुव्र्यवहार गरेकोमा सो कार्यको भत्र्सना गरिएको छ । कार्यक्रमको समाचार संकलनका लागि पत्रकार महासंघलाई आयोजकले केहि पास उपलव्ध गराउने भनिएपनि नेपाली पत्रकारहरुले टिकट काटेर नै कार्यक्रममा भाग लिने निर्णय गरिएको अवस्थामा टिकट काट्नको लोभले पत्रकारको परिचयको दुरुपयोग गर्न खोजेको भन्ने केहि आयोजक र स्वयंसेवकलाई कारवाही गर्न पनि भाग गरिएको छ । विज्ञप्तीमा सो कार्यक्रम सम्पन्न गर्नको लागि युएईमा कार्यरत पत्रकारहरुले ठूलो भुमिका खेलेको स्मरण गराउँदै कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरु माथी आयोजक समितिका सदस्यहरु र स्वयंसेवकहरुले गरेको अमानवीय व्यवहारका कारण सो कार्यक्रमको समाचार नलेख्ने निर्णय महासंघको युएई शाखाले गरेको जनाएको छ । सोही विषयलाई लिएर आयोजक समितिका केही सदस्यहरु एनआरएन सम्वद्ध पदाधिकारीहरु सहित युएईमा रहेका केही नेपाली संघसंस्थाका व्यक्तिहरुबाट सामाजिक सञ्जालहरुमा पत्रकार महासंघ र यस संबद्ध पत्रकारहरुमाथि अनेक थरी लाञ्छना लगाउदै पत्रकारीताको खिल्ली उडाउने काम गरिएकोमा आपत्ति जनाइएको छ । विज्ञप्तीमा भनिएको छ : पत्रकारहरु ४० दिहरामको टिकट काट्न प¥यो भनेर समाचार लेखेनन् भन्ने आरोप सहित विभिन्न दुर्वाच्यहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । आयोजक समितिका संयोजक तथा एनआरएन युएईका अध्यक्ष कृष्ण भुषालद्वरा प्रेषित क्षमा याचना सहितको विज्ञप्तीको स्वागत गर्दै महासंघले दुव्र्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न अनुरोध गरेको छ । साथै आगामी दिनहरुमा यस किसिमका घटना नदोहोरिनको लागि सचेत हुन पत्रकार महासंघ युएई शाखाले सम्बद्ध सबैमा अपील गरेको छ । यो पनि पढ्नुुहोस् ‘जव उनले बाबुलाई मलेसियाबाट फोन गरे’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय