कतारमा नेपाली जनसम्पर्क समिति सम्मानित

मोहम्मद अजिज अलि , दोहा- विश्व रक्तदान दिवस २०१५ को अवसर पारेर १४ जुन २०१५ मा हमद मेडिकल कर्पोरेसनले जनसम्पर्क समिति कतारलार्इ सम्मान गरेको छ । कर्पोरेसनको ब्लड डोनर सेन्टरको समन्वयमा संस्थागत रक्तदान गराउन उच्च भूमिका निर्वाह गरेको भन्दै जनसम्पर्क समिति कतारलाई सम्मान गरिएको हो । कतार सरकार र कर्पोरेसनका उच्च व्यक्तित्वहरु सहभागी रहेको भब्य कार्यक्रम बीच प्रमाण पत्र र रक्तदान लोगो अंकित ट्रफी प्रदान गर्दै कर्पोरेसनका प्रवन्ध निर्देशक डाक्टर हनान अल कवारिले नेपाली समुदायको तर्फबाट रक्तदान जस्तो मानवीय कार्य गरिएको भन्दै खुशी व्यक्त गरे । उनले जनसम्पर्क समिति कतारको प्रशंसा गर्दै धन्यबाद व्यक्त गरेका थिए । समितिका तर्फबाट सभापति बिमल सुवेदीले सो सम्मान ग्रहण गरेका थिए । जनसम्पर्क समितिले बिपी कोइरालाको जन्म शताब्दिको अवसर पारेर ०४ र ०५ सेप्टेम्बर २०१४ मा रक्तदान लगायत अन्य बिबिध कार्यक्रमहरु गरेको थियो । हमद मेडिकल कर्पोरेसनको ब्लड डोनर सेन्टरको समन्वयमा ३८ जनाले रक्तदान गरेका थिए । सम्मानका लागि कतारका प्रतिष्ठित संस्था र कम्पनिहरु संगै नेपाली समुदायको तर्फबाट नेपाली जनसम्पर्क समिति कतार छनौटमा परेको हो यो पनि पढ्नुहोस् कतारबाट फर्केर न्याय खोज्दै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय