शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या

मलेसिया- मलेसियामा अवैधानिक रुपमा कार्यरत एक नेपालीको पूर्ण पहिचानको अभावमा शव नेपाल पठाउन समस्या परेको छ । त्यसैले उनको शव हालपनि मलेसियाका एक अस्पतालमा अलपत्र अवस्था रहेको छ । मलेसिया स्थीति नेपाली दुतावासका द्धितिय सचिव उत्तम शाहिका अनुसार ति मृतकसँगै काम गर्ने व्यक्तिले दिएको जानकारी अनुसार मृत्यु भएका व्यक्ति भक्तबहादुर नेपाली हुन् । तर उनको पूर्ण विवरण पहिचान हुन नसकेको कारण शव नेपाल पठाउन समस्या परिरहेको हो । मृतकका नेपाली साथिहरुका अनुसार मृत्यु हुने नेपाली जाजरकोटका हुन् । तर उनको परिवारसँग सम्पर्क हुन नसकेका कारण उनको शव नेपाल पठाउन मुस्किल परिरहेका छ । सो शव यूनिभर्सिटी मलायामा गत जनवरी २४ देखि रहेको दुतावासले जनाएको छ । सुचना अनुसार मृतक नेपाली मलेसिया सुवाङमा अबैध रुपमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । यसरी मलेसियामा अबैध रुपमा काम गरि बिभिन्न कारणले ज्यान गएमा निजको परिचय समेत खुल्न अप्ठ्यारोे परेकोले शवलार्इ नेपाल पठाउन समस्या पर्ने गरेको छ । यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय