दोहोरो नागरिकताका लागि नेम्वाङद्धारा पहलको आश्वासन

काठमाडौं – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विनाशकारी भूकम्पबाट आक्रान्त भएका भूकम्प पीडितको लागि गैर आवासिय नेपाली संघ(एनआरएन)ले खुल्ला मनले गरेको राहत वितरण कार्य अत्यन्त प्रशंसीय भएको बताएका छन् । उनले यसपटक स्वदेश प्रतिको दायित्व पुरा गर्न गैर आवासिय नेपालीहरु सदैव तयार देखिएकोमा खुसी ब्यक्त गरे । एनआरएन अध्यक्ष शेष घलेसँगको भेटघाटका क्रममा अध्यक्ष नेम्वाङले एनआरएनहरुको पूँजी, सीप, जनशक्तिको सहयोगमा देशको पुनः निर्माण कार्यमा थप प्रभावकारी हुन भन्दै यसका लागि उपयुक्त वातावरण बनाउन आफू पूर्ण रुपमा लाग्ने विश्वास दिलाए । देशको समृद्धिको लागि गैरआवासीय नेपालीहरुको भुमिका प्रमुख हुन्छ भन्ने आफ्नो विश्वास भएकोले अब बन्ने संविधानमा एनआरएनलाई नागरिकताको ब्यवस्था गर्न आफूले बिशेष पहल गरेको उनले बताए । सो घेटघाटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संविधान निर्माणका क्रममा भएको प्रगतिमा खुसी व्यक्त गरेका थिए । अध्यक्ष घलेले प्रमुख दलहरुको बीचमा सहमति भइ संविधानसभाले संविधान निर्माणको कामलाई अगाडि बढाएको अहिलेको अवस्थाले केही समयमा नै संविधान जारी हुनेमा आफूहरु विश्वस्त रहेको बताए । अध्यक्ष घलेले भेटको क्रममा गैरआवासीय नेपाली संघले भूकम्पपीडितका लागि गरेको पहिलो चरणको राहत वितरण, स्वास्थ्य क्याम्प लगायतको बारेमा विस्तृतमा जानकारी गराए । संघले यस प्रकारको काम पहिलो पटक गरेको भए पनि नेपाल सरकारको केन्द्र देखि स्थानिय तहसम्मको संयन्त्रको सहयोग र समन्वयका कारण तीनसय भन्दा बढी गैरआवासीय नेपाली स्वयंसेवीहरुले वास्तविक पीडितको हातमै राहत पुर्‍याउन सकेको उनको भनाई थियो । राहत वितरणमा जस्तै सरकारसँगको समन्वयमा ३५ करोड रुपैयाँ बराबरका एक हजार घर निर्माण गर्ने अभियानमा अहिले संघ लागेको पनि उनले अध्यक्ष नेम्वाङलाई जानकारी गराए । स्वदेशमा रहेका नेपालीले दुःख पाउँदा विदेशमा रहेका नेपालीहरुले खुल्ला मनले आफ्नो ज्ञान, सीप र पुँजी स्वदेशको लागि खर्चन तयार हुन्छन् भन्ने अनुभव यसपटक आफूहरुले गरेको भन्दै अध्यक्ष घलेले सरकार र एनआरएनको संयुक्त प्रयासमा कुनै काम अगाडि बढाउँदा त्यसमा विदेशी दाताहरुले प नि साथ दिने विश्वास दिलाए । यो पनि पढ्नुहोस दुई हप्तापछि बैदेशिक रोजगारमा जानेहरुसँग शुल्क लिन पाइने छैन  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय