दुई हप्तापछि बैदेशिक रोजगारमा जानेहरुसँग शुल्क लिन नपाइने

काठमाडौं- दुई हप्तापछि नेपाली कामदार मलेसियासँगै खाडीका मुलुकमा निःशुल्क जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले व्यवसायीले गरिव नेपालीसँग असाध्यै चर्को शुल्क उठाएको भन्दै त्यसलाई नियन्त्रण गर्न फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउने निर्णय गरेको हो । यहि हप्ता राजपत्रमा यो प्रकाशित हुने र एकहप्ता भित्रै त्यो लागु हुने श्रम तथा रोजगार राज्यमन्त्री टेकराज गुरुङ बताउँछन् । मन्त्रालयको योजना अनुरुपको प्रस्ताव पारित भएपछि मलेसियासँगै खाडीका देशहरु साउदी अरब, कतार, यूएई, बहराइन, ओमन र कुवेत जाँदा शुल्क लाग्ने छैन । गन्तव्य देशबाट कमिसन नपाएको अवस्थामा बढीमा १० हजार व्यवसायीले उठाउन पाउने छन् । यो व्यवस्था दुई हप्ता भित्रै लागु गरिसक्ने मन्त्रालयको तयारी छ । यो व्यवस्था लागू भएमा बैदेशिक रोजगारीमा दैनिक जाने १५ सय भन्दा बढी नेपाली युवाले राहत पाउनेछन् । जेठ २६ को मन्त्रीस्तरीय निर्णयअनुसार कामदारको आतेजाते हवाई टिकट र भिसा खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने निर्णय भइसकेको छ । यस्तो सुविधा नभएका मागपत्रलाई स्वीकार गरिने छैन । तर बैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण, अभिमुखिकरण तालिम, विमा तथा कल्याणकारी कोषमा जम्मा गर्ने रकम भनें आफैंले तिर्नुपर्दछ । नयाँ व्यवस्था लागू भएपछि हाल कायम रहेको अधिकतम लागतको व्यवस्था खारेज हुनेछ । हाल सरकारले मलेसिया जानेसँग अधिकतम ८० हजार र खाडीका देश जानेहरुसँग ७० हजार लिन पाउने व्यवस्था गरेको छ । यो पनि पढ्नहोस् ‘अव म भारत जान्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय