स्याङ्गजा सहयोग समाजको सहयोग

भुपराज बस्याल, युएई- नेपालमा गएको बिनाशकारी भुकम्पका पिडितलाई युएईमा रहेका स्याङ्गजालीहरुको सामाजिक संस्था स्याङ्गजा सहयोग समाज युएइले दुई चरणमा राहत वितरण गरेको छ। युएईमा रहेर नेपाल र नेपालीको सेवामा खटिदै आएको स्याङ्गजा सहयोग समाज युएईले स्याङ्गजाका भुकम्प पिडितलाई राहत उपलाब्ध गराएको हो। समाजका सहकोषाध्याक्ष धर्म पराजुलीको नेतृत्वमा स्याङ्गजाका १८ घरलाई जनही १० हजारका दरले रकम हस्तान्तरण गरिएको थियो । वालिंगमा गरिएको राहत हस्तान्तरण कार्यक्रममा समाजसेवी, पत्रकार, बुदिजिवि लगायतको उपस्थिति रहेको थियो। हामी निरन्तर समाज सेवामा लागिरहेका छौ यदि स्याङ्गजा सहयोग समाजको सानो सहयोगले कसैलाई ठुलो राहत मिल्छ भने हामी सहयोग गर्न तयार छौं राहत वितरण कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपानेले बताए । त्यसैगरी उक्त राहत वितरण कार्यक्रममा समाजका कोषाध्यक्ष सूर्य पाण्डेले सहयोग गर्ने सवैलाई धन्यवाद दिंंदै आगामि दिनमा पनि यस्तै सहयोग र साथको खाँचो रहेको भन्दै त्यसमा सवैको साथ पाउने विश्वास व्यक्त गरे । यो पनि पढ्नुहोस् ‘अव म भारत जान्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय