प्रवासीको प्रश्नः हामीलाई किन हेपियो ?

दीपक पाण्डे, नयाँ दिल्ली – भारतमा बस्दै आएका नेपालीले सरकारले प्रवासीका समस्या नसुनेको गुनासो गरेका छन् । नेपालमा हुने हरेक आन्दोलनमा साथ दिंदै आएपनि आन्दोलन पश्चात बन्ने सरकारले आफूहरुलार्ई वेवास्ता गरेको उनीहरुले गुनासो गरे । प्रवासी नेपालीहरुको समसामयिक समस्या र नेपालका भूकम्पपिडितलाई अस्थायी बसोबास र दिर्घकालिन ब्यवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर अर्थमन्त्री डा. रामशरण महतसंग भएको छलफलका सहभागिले यस्तो गुनासो गरेका हुन् । प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष लोकनाथ भण्डारीले राष्ट्र निर्माणमा प्रवासी नेपालीको ठूलो हात रहेको र नेपाली नेताहरुले यसलाई भुल्न नहुने बताए । उनले सीमा सुरक्षा व्यवस्था फितलो भएका कारण नेपाली चेलीबेटी बेचबिखनमा परिरहेको भन्दै यसमा नेपाल सरकारको ध्यान जानु पर्ने बताए । उनले दोहोरो बैंकिंग प्रणाली लागु गर्नु पर्नेमा पनि अर्थमन्त्री महतको ध्यानकर्षण गराए । कार्यक्रममा बोल्दै मूल प्रवाह एकता समाजका ठाकुर खनालले सीमामा हुने लुटपाट, भारतमा बस्ने नेपालीले स्वतः बैक खाता खोल्न पाउनु पर्ने लगायतका विषयमा नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराइदिनु पर्ने बताए । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालीको सबैभन्दा ठूलो पहिचान नागरिता भएको हुँदा त्यहि नागरिताबाट नेपालीले बैंक खाता खोल्ने व्यवस्थाका लागि भारतीय अधिकारीहरुसँग कुरा गरिदिन अर्थमन्त्री महतसमक्ष धारणा राखे । दिल्लीमा बस्ने नेपालीका गुनासा र सुझाव सुनिसकेपछि अर्थ मन्त्री डा. रामशरण महतले आफुले भारतमा बस्ने नेपालीको समस्या बुझेको र तिनिहरुलाई कुटनीतिक हिसावले सुल्झाउन प्रतिवद्ध रहेको बताए । उनले नेपालमा विपत्ति परेको अवस्थामा सवै ठाउँमा रहेका नेपाली एक हुनुपर्ने बताए । कार्यक्रममा भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले आफुले भारतमा बस्ने नेपालीका समस्या समाधानका लागि कृयाशिल रहने बताए । यो पनि पढ्नुहोस  एनआरएन अध्यक्षद्धारा ३५ करोडका एक सय घरबारे जानकारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय