कोरियामा मर्सको त्रास, ९ को मृत्यु

सउल – दक्षिण कोरियामा फैलिएको मर्सले भयावह रुप लिंदै गएको छ । हालसम्म मर्सबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । गत बुधवार एक अस्पतालको सघन उपचार कक्षमा उपचाररत ६२ वर्षीय एक पुरुष र ७५ वर्षीय महिलाको मृत्युभए पछि मर्नेको संख्या नौ पुगेको हो । मृत्यु हुने पुरुष कलेजोको क्यान्सरबाट ग्रसित रहेको र महिला शरिरका विभिन्न अंगले काम गर्न नसक्ने अवश्थाबाट ग्रसित रहेको स्वास्थ्य मन्त्रालय अन्र्तगतको मर्स स्पेशल रेस्पोन्स टिमले जानकारी दिएको छ । मर्सबाट क्यान्सर, क्षयरोग लगायतका दिर्घ रोग तथा यस अघि समस्याबाट ग्रसित भएका बढी प्रभावित छन। कोरियामा हालसम्म मर्सबाट मर्ने सवै ५५ वर्ष भन्दा माथि उमेरका रहेका छन । यसैगरी मर्सबाट एक सय आठ भन्दा बढी संक्रमित भएका छन । त्यस्तै बुधवार दिउसोसम्म मर्सको संक्रमण भएको आशंकामा निगरानी राखिएकाको संख्या तीन हजार चार सय नाघेको र दुइ सय उन्तीस जना ल्याब टेष्टको पर्खाइमा छन । यसैगरी सामसङ मेडिकल सेन्टरमा उपचार गराइरहेका मर्स संक्रमित ११ जनाको अवस्था जटिल रहेको उक्त अस्पतालले जनाएको छ । चार जना पुर्णरुपमा निको भएर घर फर्किएको पनि सो अस्पतालले बताएको छ । यसैबीच मर्स महामारी रोक्न सरकार असफल भएको आरोप लागिरहेको बेला स्वास्थ्य मन्त्रालयले महामारी नियन्त्रण क्रमिकरुपमा भइरहेको दाबी गरेको छ । यद्यपी मर्स संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । मर्स महामारी रोक्न सरकारले थप प्रभावकारी कदम चालेको छ। उसले देशभरका तीन हजार भन्दा बढी स्वास्थ्य संस्थामा निमोनियाबाट शिकार भएका विरामीलाई उच्च निगरानीमा राखेर उपचार गराइरहेको छ । मर्सको लक्षण निमोनियासंग मिल्ने भएकोले निमोनियाबाट ग्रसितलाई अस्पतालमा भर्ना गरिएको हो । यसैगरी विश्व स्वास्थ्य संगठन र सरकारी स्वास्थ्यकर्मी सम्मिलित संयुक्त टोलीले छोटो समयमै कसरी मर्सरोगले महामारी लियो भनेर अनुसन्धान गरिरहेका छन । कोरियामा गएको मे २० मा पहिलो मर्स रोगी फेला परेको थियो । तिब्र गतिमा फैलिदै गएको मर्स महामारी विश्वमा पहिलो पटक सन् २०१२ मा साउदी अरेबियामा देखा परेको थियो । जसबाट चार सय अठठाइस जनाको मृत्यु भएको थियो भने एक हजार चार सय भन्दा बढी मर्सको शिकार भएका थिए । साउदी अरबिया पछि विश्वमा मर्स महामारीको शिकार हुने दोश्रो राष्ट्र कोरिया भएको छ । यसैबीच कोरियाली राष्ट्रपति पार्क गुन हेको पुर्वनिर्धारित अमेरिका भ्रमण रद्ध भएको छ । यो पनि पढ्नुहोस् कतारमा नयाँ कानून अन्तिम चरणको छलफलमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय