एनआरएन अध्यक्षद्धारा ३५ करोडका एक सय घरबारे जानकारी

काठमाडौ- उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एनआरएनले भूकम्प पीडितको लागि गरेको प्रथम चरणको राहत कार्यक्रमको प्रशंसा गर्दै देशले उनीहरुबाट धेरै सहयोगको आशा राखेको वताएका छन् । मुलुक अब पुनः निर्माण अभियानमा लागेको हुँदा गैरआवासीय नेपालीहरुबाट सरकारले थप सहयोगको अपेक्षा गरेको गृहमन्त्री गौतमको भनार्ई थियो । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष शेष घलेसँगको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री गौतमले एनआरएनको कामको निक्कै प्रशंसा गरे । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री गौतमले एक हजार परिवारका लागि आवास निर्माण गर्ने गैरआवासीय नेपाली संघको योजनाको स्वागत गर्दै यसमा नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए । सो अवशरमा एनआरएन अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले तीन हप्ताको अवधिमा गाउँ गाउँ पुगेर करिव १४ हजार परिवारलाई त्रिपाल, खाद्यान्न र औषधि वितरण गर्नुका साथै २६ स्थानामा स्वास्थ्य शिविर समेत संचालन गरिएको जानकारी गराए । यसका लागि बिभिन्न देशबाट ३ सय भन्दा बढि स्वयंसेवी नेपाल आएर सेवा गरेको उनले बताए । सो अवसरमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरेको राहत वितरण सम्बन्धी विस्तृत प्रतिबेदन गृहमन्त्री गौतमलाई हस्तान्तरण गरे । अध्यक्ष घलेले राहत वितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीज्यूहरु र सुरक्षा निकायले गैरआवासीय नेपाली संघसंग गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताए । सवै जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी उनीहरुले सिफारिस गरेको स्थानमा राहत वितरण गरिएको उनले बताए । पहिलो चरणको आपतकालिन राहत वितरण सम्पन्न भएको जानकारी दिंदै उनले अव दोस्रो चरणमा पुनःनिर्माण र पुनःस्थापना अभियानमा सहभागी हुने योजना रहेको जानकारी गराए । ३५ करोड रुपैया“को लागतमा करिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसंगको सहकार्यमै पुनः निर्माण अभियानमा साझेदार बन्न लागेको जानकारी दिए । यस्ता घरहरु भूकम्प प्रतिरोधी, पर्यावरणमैत्री र स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खालका हुने घलेले जानकारी दिए । यसअघि अध्यक्ष घलेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतसंग वेग्लावेग्लै भेट गरी पहिलो चरणको राहत वितरण र दोस्रो चरणको पुनःस्थापना अन्र्तगत एक हजार घर निर्माण योजनाबारे जानकारी गराएका थिए । यो पनि पढ्नुहोस् मोवाइलबाट नै महिनामा ३० हजार कमाइ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय