कतारमा नयाँ कानून अन्तिम चरणको छलफलमा

काठमाडौं- कतारमा स्पोन्सरसीप सम्वन्धि व्यवस्थामा केहि सुधार गरिएको नयाँ कानूनको मस्यौदा छलफलका लागि एडभाइजरी काउन्सील (सल्लाहकार परिषद) मा पुगेको छ । परिषदको साप्ताहीक बैठकमा प्रस्तावित कानूनका बारेमा छलफल भएको र परिषद अन्तर्गतको विशेष समितिमा थप छलफलका लागि पठाएको कतारको सरकारी सञ्चार माध्यम पेनुन्सुलाले जनाएको छ । सो समितिमा विज्ञको राय लिइने जनाइएको छ । तर हालसम्म हालको स्पोन्सरसीप सम्वन्धि कानूनी व्यवस्थामा के कस्तो सुधारको प्रस्ताव गरिएको छ भन्ने बारेका कुनै जानकारी दिइएको छैन । कतार न्यूज एजेन्सी(क्यूएनए) का अनुसार विशेषज्ञ समितिले प्रस्तावित कानूनी सुधारका विषयमा एक विस्तृत रिपोेर्ट नै परिषदलार्ई बुझाउने जिम्मेवारी दिइएको छ । प्रस्तावित नयाँ कानून मन्त्रीपरिषदले प्रारम्भीक रुपमा स्वीकृत गरी त्यसका बारेमा रायसल्लाहका लागि परिषदमा पठाएको हो । कामदारलाई दास झैं व्यवहार गर्न र मानव अधिकारको विश्वव्यापी मान्यता अनुरुप स्वतन्तापूर्वक हिंडडुल गर्न समेत बन्देज लगाएको भन्दै कतारको स्पोन्सरसीप सम्वन्धि व्यवस्था खारेज गर्न विश्वव्यापी रुपमा दवाव परिरहको छ । पछिल्लो समयमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार जितेपश्चात कतारलाई स्पोन्सरसीप सम्वन्धि व्यवस्था परिवर्तनमा अझ धेरै दवाव छ । दवाव पश्चात कतार सरकारले यसमा समयानुकुल परिवर्तन गरिने वाचा समेत गर्दै आएको छ । सोही वाचा अनुरुप यसअघि एक विशेष समितिले सरकारी अधिकारी, विशेषज्ञहरुसँग धेरैपटकको छलफल पछि प्रस्तावित कानूनको मस्यौदा तयार पारेका हुन् । हाल सल्लाहकार परिषदमा आइपुगेको सो प्रस्तावित सुधार सहितको नयाँ कानूनका बारेमा आफ्नो सुझाव समेटेर परिषदले सरकारलाई फिर्ता गर्नेछ । तत्पश्चात सरकारले त्यसलाई लागू गर्न अमिरसमक्ष सिफारिस गर्ने अपेक्षा गरिएको छ । यो पनि पढ्नुहोस् कोरियामा बस्दा नेपालीले ध्यान दिनुपर्ने कुराहरु  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय