यूएईमा नेपालीलाई सुविधा

दुबई– वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका नेपालीका लागि निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । यो अवशर युएईको जीएमसी हस्पिटल ग्रुपले दिन लागेको हो । यो अस्पताल यूएईका प्रायः हरेक इमिरेट्समा रहेको छ । निःशुल्क स्वास्थ्य परिक्षण आगामी जुन १२ मा हुनेछ । गत मे १ मा पहिलो चरणको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको दुबईको थम्बे हस्पिटलमा पनि पुनः सोही प्रकृतिको स्वास्थ्य शिविर हुन लागिरहेको छ । ब्लड सुगर, इसीजी, अल्टासाउन्ड, लगायतको परिक्षण निःशुल्क गरिनुका साथै परामर्श सेवा र केही औषधीहरु निःशुल्क दिइने अस्पताल स्रोतले बताएको छ । उक्त दिन अजमान, फुजेरा, सारजाको नेसनल पेन्टसमा रहेका जीएमसी अस्पताल र दुबईको थम्बे अस्पतालमा गएर लाभ उठाउन फ्रि मेघा हेल्थ क्याप्पको सफलताको लागि नेपाली समुदायबाट संयोजन गरिरहेका समाजसेवी विदुर राउतले आग्रह गरेका छन् । निम्न आय भएका नेपालीहरुका लागि आफ्नो शारीरिक अवस्थाबारे जान्ने सुवर्ण अवसर भएको र यस्तै रचनात्मक कामहरु पछिल्ला दिनहरुका गरिदै जाने राउतले बताएका छन् । यो पनि पढ्नुहोस् अव मलाई दुःख छैनः सीता चौधरी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: