
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई एनआरएन, राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले सहयोग स्वरुप प्रदान गरेको करीव एक करोड बरावरको अर्थोपेडिक ईमप्लान्ट हस्तान्तरण गरिएको छ । एनआरएनका अध्यक्ष शेष घलेले सो ईम्प्लान्ट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मेघलाल श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष घलेले भूकम्प पिडितहरुका लागि गैरआवसीय नेपालीहरुले स्वस्फूर्त सहयोग गरेका र विभिन्न देशहरुमा स्वयमसेवकहरु परिचालन गरी राहतको लागि नगद तथा जिन्सी समानहरु संकलन गर्ने प्रशंसनिय काम गरेको भन्दै धेरै गैरआवासीय नेपालीहरु नेपाल आई स्वयमसेवकका रुपमा घटना स्थल पुगी राहत वितरण गर्नुका साथै स्वास्थ शिविरहरु संचालन गरेको वताए । उनले संघले प्रदान गरेका समग्रीहरुले शिक्षण अस्पतालमा उपचारका लागि आउने विपन्न वर्गको उपचारमा सहयोग पुग्ने धारणा राखे । सो अवशरमा अष्ट्रेलियाका एन आर एन डा. अशोक श्रेष्ठले उपकरणहरु खरिदका लागि आर्थिक सहयोग पुर्याएकोमा राष्ट्रिय समन्वय परिषद अष्ट्रेलिया प्रति कृतज्ञता प्रकट गर्दै सहुलियत दरमा उपकरणहरु प्रदान गर्ने अष्टोफिक्स कम्पनीलाई समेत धन्यवाद दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा.मेघलाल श्रेष्ठले सहयोगका लागि गैरआवासीय नेपाली संघ तथा सहयोग कार्यक्रमसंग जोडिएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद दिए । यो पनि पढ्नुहोस अव मलाई दुःख छैनः सीता चौधरी