दुर्घटनामा ५ नेपालीको मृत्यु

काठमाडौं -भारतमा भएको बस दुर्घटना परेर ५ जना नेपालीको ज्यान गएको छ । शनिबार भएको उक्त दुर्घटनामा परेर अन्य ११ जना नेपाली यात्रु घाइते भएका छन् । भारतको गुजरातबाट रुपैडिया हुँदै नेपालगञ्ज आउँदै गरेको बस शनिवार विहान राजस्थानको उदयपुर जिल्लामा दुर्घटनामा परेको हो । तीव्र गतिका कारण बस मोडमा पल्टिएको थियो । दुर्घटनामा परी ज्यान गुमाएकामध्ये एकको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सुर्खेत लेखफर्साका ६ वर्षीय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको अनुमान गरिएको छ । सुर्खेतकै केही व्यक्तिहरुले चलाउँदै आएको श्री पञ्चकोशी ट्राभल्सको उक्त बसमा सुर्खेतका नागरिकहरु घर आउन चढेका थिए । गुजरातमा रहेका हरी महरले चारजनाको सनाखत हुन नसकेको र उनीहरु सबै सुर्खेतका हुनसक्ने बताए । उनका अनुसार घाइते भएका ११ जनाको उदयपुरमा रहेको भूपाल राजकीय हस्पिटलमा उपचार भइरहेको छ । पाँच जना नेपालीले सञ्चालन गदै आएको बस दुर्घटनामा परेपछि सञ्चालकहरु पनि फरार भएका छन् । बस दुर्घटनामा परेपछि बसमा रहेका अन्य नेपालीहरु स्थानीय धर्मशालामा अलपत्र परेका छन् । यस्तै केही यात्रुहरु अस्पतालमा रहेको महरले जानकारी दिए । बस सञ्चालकहरुलाई भेटेपछि मात्र मृतक र घाइतेलाई आफन्तको जिम्मा लगाइने जानकारी भारतीय प्रहरीले दिएको छ । आइतवारमात्र थप मृतक तथा घाइतेको पहिचान हुने भारतीय प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । अत्याधिक भार र तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसका चालक पनि फरार छन् । बस दुर्घटना भएको खबर पाएपछि सुर्खेत लेखफर्सामा रहेका आफन्तहरुमा रुवाबासी चलेको छ । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस युएईबाट गायिकाको अनुरोध: फर्की आउ देशमा छानो लगाऔं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: