अमेरिकामा रहेका भारतीयबाट नेपाललाई सहयोग

वाशिंगटन डिसी -अमेरिकाको भर्जिनियास्थित भारतीय अमेरिकन समुदायको पहलमा भूकम्प पीडितका लागि करिब ३० हजार अमेरिकी डलर संकलन भएको छ। एसियन इण्डियन्स अफ ह्याम्पटन रोड्स नामक संस्थाको पहलमा भूकम्प पीडितको सहयोगका लागि एक कार्यक्रम आयोजना गरी टिकट विक्रीवितरण गरिएको थियो। नेपाल डिजास्टर रिलिफ प्रोग्राम फन्ड रेजिङ इभेन्ट नामकरण गरिएको उक्त कार्यक्रमबाट संकलित रकममध्ये नेपाली दूतावासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीलाई १० हजार डलर हस्तान्तरण गरिएको छ। अन्य रकम पछि हस्तान्तरण गरिने बताइएको छ। उक्त कार्यक्रममा भर्जिनिया क्षेत्र ३ का सभासद बबी स्कट, नेपाली समुदायका प्रतिनिधि, अमेरिकन रेड क्रस, आयोजक एआइआर एचको तर्फबाट उपाध्यक्ष तथा सामुदायिक सम्पर्क निर्देशकले नेपालको भूकम्प पीडितबारे चर्चा गर्नुको साथै परिवार गुमाएकाप्रति गहिरो दुःख ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा भूकम्पको वृतचित्र पनि देखाइएको थियो। नागरिकबाट यो पनि पढ्नुहोस् युएईबाट गायिकाको अनुरोध: फर्की आउ देशमा छानो लगाऔं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय