
रामप्रसाद ढुंगेल, यूएई- झट्ट हेर्दा रेखा थापाजस्तै देखिने रेखा घिमिरे नायिका नभए पनि गायिका चाहि हुन् । उनै रेखा भूकम्पका कारण क्षतविक्षत् भएका नेपाली मनहरुलाई गीतसंगीतको माध्यमबाट मल्हम लगाउन कम्मर कस्दै छिन् यूएईको दुबईबाट । भत्किएको घरलाई फेरि बनाऔं फर्की आऊ देशमा छानो लगाऔं अन्तर्राष्टिय कलाकार समाज यूएईको उपाध्यक्ष रहेर नेपाली कला, संगीत, साहित्य तथा संस्कृतिको जगेर्नामा क्रियाशील घिमिरेको गायनमा विशेष दक्षता छ । आफ्नो संगीतप्रतिको मोहलाई विभिन्न समयमा समसामयिक गीतहरु मार्फत् नेपाली संगीतमा छाइरहेकी घिमिरेले भूकम्पको त्रासदीपछि देश निर्माणको महान् अभियानमा सरिक हुन बिदेसिएका नेपालीहरुलाई विशेष आग्रह गरेकी छन् । कहिले नसोच दिन्छ के देशले बरु सोच आफैं के दियौ देशलाई विगत लामो समयदेखि यूएईमै रहेका उनका श्रीमान निमेश गिरीका शब्दलाई सुमधुर स्वर र संगीतको लयमा उनेर रेखाले भर्खरै एक गीत युट्युबमा सार्वजनिक गरेकी छिन् । आमा हो हाम्रो देशको माटो स्वासनै जावोस देशको साटो गत वैसाखमा आएको विनाशकारी भूकम्पमा परी घरबारविहीन भएका घाइते नेपालीहरुको राहत तथा उद्धारकार्यमा खटिएकी रेखा र निमेशको जोडीको प्रयासबाट यो गीत सार्वजनिक भएको हो । यो गीतले पीडालाई भुलेर देश निर्माणमा जुट्न आग्रह गरेको छ । भत्किएका धरोहरलाई पुनःनिर्माण गर्न बिदेसिएकाहरुलाई स्वदेश फर्कन सन्देश दिएको छ । उदाउँछ सुर्य विहानीमा हरपल पसिनाले हाम्रो देश वन्छ झलमल आऊ सवै मिली हातेमाले गरौ मुहारमा देशको खुशीलाई भरौ यूएईको नेपाली संगीतमा लोकप्रिय गायिकाका रुपमा परिचित रेखाले यसअघि ‘खुसी‘ नामको एल्बम सार्वजनिक गरिसकेकी छिन् । उनको सो गीत हेर्नुहोस् https://youtu.be/6IwdArFt_4Q