कोरियामा बढ्ला तलव ?

सउल – दक्षिण कोरियामा सन् २०१६ का लागि न्यूनतम ज्याला निर्धारण गर्न विभिन्न चरणमा न्यूनतम ज्याला निर्धारण समितिको बैठक बसिरहेको छ । समितिको तेस्रो पूर्ण बैठक गत जुन ४ का दिन सेजङस्थित सरकारी भवनमा बसेको थियो । मजदुर संगठनले प्रतिघण्टा न्यूनतम ज्याला १० हजार कोरियन वन (९८ अमेरिकी डलर) हुनुपर्ने माग राखेका छन् । सउलस्थित केन्द्रिय सरकारी भवनमा सोही दिनको पत्रकार सम्मेलनमा बोल्दै कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसिटियु) र फेडेरेसन अफ कोरियन ट्रेड युनियन (एफकेटियु) का प्रतिनिधीहरुले आधारभूत आवश्यकता परिपूर्तिका लागि प्रतिघण्टा १० हजार कोरियन वन र मासिक २० लाख ९ हजार कोरियन वन ज्याला हुनैपर्ने बताएका छन् । तर रोजगारदाता संगठनहरुले भने कम्पनीहरुलाई अनावश्यक भार पर्न जाने हुनाले वार्षिक न्यूनतम ज्याला स्थिर राख्नुपर्नेमा जोड दिएका छन् । हालको प्रतिघण्टा ५, ५८० कोरियन वनलाई सन् २०१६ का लागि पनि कायम गर्ने वा वृद्धि गर्नैपरे १ वा २ प्रतिशतले वृद्धि गर्नुपर्ने अडानमा रोजगारदाताहरु छन् । यदि मजदुरहरुको माग अनुसार प्रतिघण्टा १० हजार वन वा रोजगारदाताको माग अनुसार प्रतिघण्टा ५, ५८० वन न्यूनतम ज्याला राख्नुपर्ने दुई शर्तबिच मतदान भएमा कसको जीत होला ? मजदुर संगठनहरुले मे ३१ देखि जुन २७ सम्म अनलाईन मतदान मार्फत कुनचाहि न्युनतम ज्याला उचित हो भनी सर्भेक्षण गरिरहेका छन् । उक्त सर्भेक्षणमा जुन ४ सम्म १,९०० को सहभागिता भइसकेको छ । यो सर्भेक्षणले न्यूनतम ज्याला निर्धारण समितिलाई ज्याला निर्धारण गर्नका लागि दबाव पुग्ने अपेक्षा गरिएको छ । आगामी जुन २९ सम्म अर्को वर्षको लागि न्यूनतम ज्याला निर्धारण हुनेछ । यो पनि पढ्नुहोस् खाडीमा हराए नेपाली चेली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय