
मलेसिया- शुक्रबार गएको भूकम्पमा परेर मलेसियामा कोही पनि नेपाली हाताहत नभएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले शुक्रबार नै विज्ञप्ति प्रकाशित गर्दै पूर्वी मलेसियाको सावह राज्यलार्इ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट त्यहाँ कार्यरत नेपाली प्रभावित नभएको जनाएको छ। सावह र नजिकैको सारवक राज्यमा करिब तीन हजार नेपाली कार्यरत छन्। त्यहाँका रोजगारदाता कम्पनी तथा नेपालीले कोही पनि हताहत र घाइते नभएको जानकारी गराएको दूतावासले जनाएको छ। दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईका अनुसार मलेसियामा करिब आठ लाख नेपाली कार्यरत छन्। जंगलको काम र सुरक्षागार्डका रूपमा नेपाली कार्यरत रहेको भट्टराईले जानकारी दिए। सावह र सारवक राज्य समुद्री टापु हुन्। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् खाडीमा हराए नेपाली चेली