![फेसबुकमा स्टाटस लेखेर वेपत्ता भएपछि ……..](https://deshparadesh.com/wp-content/uploads/2020/01/cropped-logo.png)
काठमाडौं- रोजगारीका लागि दक्षिण कोरियामा रहेका एक युवा गत शनिबार विहानदेखि सम्पर्कविहिन भएका छन् । उनी करिवा ११ महिना अगाडी ईपिएस प्रणाली मार्फत कोरिया आएका थिए । तेह्रथुमका सबिन लिम्बु दक्षिण कोरियाको आङसङस्थित एक बंगुर फार्ममा कार्यरत थिए । गहुगोरो वर्णका सविन लगभग २४ वर्षको युवकको साथमा गएको उनीसंगै कार्यरत एक युवकले जानकारी दिएका छन् । उनका अनुसार लिम्बु बेपत्ता हुनु एक दिन अगाडि कम्पनीमा एक कोरियन नागरिकको ह्दयघातका कारण मृत्यु भएको थियो । लिम्बुलाई मानसिक असर पुगेको हुनसक्ने उनको ठम्याई छ । लिम्बु २ महिनाअगाडि मात्रै उक्त फार्ममा काम गर्न आएका थिए । सन् २०१४ को जुलाईमा खावन्दोस्थित एक फिनेल हाउसमा काम गर्न आएका लिम्बुले २ महिनामै काम छोडी उम्सङस्थित च्याउ कम्पनीमा काम गर्न गएका थिए । त्यहाँ केही महिना काम गरी फेरि आङसङस्थित एक बंगुरफाममा काम गर्न गएका उनी त्यहीबाँट बेपत्ता भएका छन् ।सविनले आफ्नो फेसबुक स्टाटसमा ‘माफ पाउ सबै नेपाली बुवा आमा, दाईहरु गल्ती भयो” लेखेका छन् । उनका साथि डिबी मगरका अनुसार च्याउ खेतीमा काम गर्दादेखि नै सविनलाई नराम्रो मानसिक असर पुगेको हुनसक्छ । उनले भने –केही समयदेखि ऊ अलिक अर्कै भएको थियो । नेपाल जान पनि मन नलाग्ने र कोरियामा काम गर्नपनि मन नलाग्ने उसले बताएको मगलेर जानकारी दिए । कम्पनीमा संगै कार्यरत सौगात आङबुहाङ लिम्बुका अनुसार कम्पनीको आवासगृह छोडेको दूइ दिनसम्म सम्पर्कमा नआएपछि कम्पनीले खेङगी आङसङ पुलिसमा रिपोर्ट लेखाएको थियो । हाल उनको खोजि प्रहरीले गरिरहेको छ । खोजतलाशकै क्रममा प्रहरीले कम्पनीभन्दा माथि डाडाको जंगलमा फुटाएको अवस्थामा उनको आइफोन भेटेको थियो । खोजीकार्य जारी रहेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । उक्त कम्पनीमा ५ जना नेपाली र केही कोरियाली नागरिकले काम गर्छन् । यसैबीच सोलस्थित नेपाली दुतावासले सम्पर्कविहिन भएका युवक सबिनलाई खोज्न र कतै लुकिछिपि बसेको भए सम्पर्कमा ल्याउन अनुरोध गरेको छ । यो पनि पढ्नुहोस् खाडीमा हराए नेपाली चेली