एनआरएन, नाइजेरियाको नयाँ कार्यसमिति

काठमाडौं- गैर आवासीय नेपाल संघ नाइजेरियाको लेगोसमा सम्पन्न साधारण सभाले दीपक कर्णको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्यकारिणी समिति चयन गरेको छ। साधारण सभाले उपाध्यक्षमा निरन मानन्धर, जनक बिष्ट, कान्छा तामाङ, महासचिवमा सन्तोष उदास, सचिवहरु प्रकाश अर्याल, रोशन थापा, इन्द्र टण्डन, कोषाध्यक्षमा वीरेन्द्र गुप्तालाई चयन गरेको छ । यसैगरी प्रवक्तामा रोहित भान्गलाईर चयन गरेको छ। युवा संयोजकमा प्रमोद खडका रहेका छन् भनें महिला संयोजकमा मोनिका लोकेशलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित शर्मा, कुलदीप पण्डित, गंगासागर श्रेष्ठ, खेम कुँवर, दिपेन्द्र यादव, प्रेम क्षेत्री, राधा तामाङ, मनिष दास, उपेन्द्र राय र उत्तम पौडेल चयन भएका छ। त्यसैगरी संरक्षक परिषद्‍मा प्रमुख संरक्षक हिक्मत थापा, संरक्षकहरु संजीव क्षेत्री, विदुर घिमिरे, चिरन्जिबी रोक्का र बाबु शर्मा रहेका छन्। समितिको कार्यकाल तीन वर्षको हुनेछ। सभामा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक हिक्मत थापाले एनसिसी नाइजेरियाले अफ्रिका महादेशमै अग्रणी भूमिका खेलेको नेपाल र नेपालीका लागि आफ्नो अभियान संचालन गरेकोमा खुशी ब्यक्त गरे। उनले भने थोरै संख्यामा नेपाली रहेको अफ्रीका महादेशमा एनआरएन नेपालीहरुका लागि साझा र भरपर्दो सन्जालको रुपमा स्थापना हुन पुगेको छ। एनआरएन साधारणसभाले धरानस्थित सत्यसाई स्कुल र यस बर्षका सहयोग परियोजनाहरु भूकम्पपीडित क्षेत्रहरु सिन्धुपाल्चोक, रसुवा र काठमाडौँमा संचालन गर्ने निर्णय गरेको छ। एनआरएन नाइजेरियाले हालसम्म ३० हजार अमेरिकी डलर (तीस लाख रुपैयाँ) नेपालका भूकम्पपीडितलाई एनआरएनए राहत कोषमा जम्मा गरेको छ। यो पनि पढ्नुहोस शर्त पुरा नगरेसम्म घरेलु कामदार आउने छैनन् : राजदुत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय