मलेसियामा एक नेपालीको ज्यान गयो

मलेसिया- सडक दुर्घटनामा परी गम्भीर घाइते भएका नवलपरासीका मानबहादुर विकको उपचारको क्रममा मलेसियाको पेनाङमा मृत्यु भएको छ । उनलाई ट्रकले ठक्कर दिएको थियो । सात वर्षदेखि पेनाङ्गको वुकित तम्बुनस्थित युवान हिन कम्पनीमा कार्यरत उनी मे १४ मा दुर्घटनामा परेका थिए । बाटो काटने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारकै क्रममा गत सोमबार मृत्यु भएको रामेछापका थलेन्द्र भुजेलले जानकारी दिए । बिक केही एक महिनापछि नेपाल फर्किने तयारीमा थिए । उनका जेठा छोरा पनि मलेसियामै कार्यरत रहेकाले पोष्टमार्टमपछि बुवाको शव लिएर उनी घर जाने भएका छन् । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस शर्त पुरा नगरेसम्म घरेलु कामदार आउने छैनन् : राजदुत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: