कुमार अविरल पन्थी, कतार- गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १३ औ वार्षिक भेला सम्पन्न भएको छ । दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र शहिदहरुको सम्झनामा मौन धारण गरिएको थियो । संंस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले स्वागत गरेका थिए । संस्थाको साँगठनिक प्रतिवेदन सचिव कुमार अविरल पन्थी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष बुद्ध पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाले विभिन्न समयमा आयोजना गरेका विविध कार्यक्रमहरुमा स्वयंसेवकको भूमिका निर्वाह गरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका व्यक्तित्व एवम भलिबल खेलाडीहरुलाई प्रशंसापत्र द्धारा सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा संस्थाको वर्तमान कार्यसमितिलाई केहि हेरफेर गरी विभिन्न व्यक्तिलाई विभिन्न पदमा चयन गरिएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक रहेका प्रमुख अतिथि द्रोणबहादुर बस्नेतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्था संचालनमा बिगत देखि वर्तमानका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा टिका बहादुर कार्की, दिपेन्द्र पौडेल, कुलचन्द्र बस्नेत, धुर्व गौतम,मित्र विएस, भिम तरामु मगर, विजय बस्नेत, लगायत विभिन्न वक्ताहरुले मन्तव्य राखे । कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष शिव खड्काले कार्यक्रम सभ्य भव्य र सफल बनाउन टाढा टाढाबाट आएका गुल्मेली एवम गैर गुल्मेलीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सस्थालाई अझ सशक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । यो पनि पढ्नुहोस् कोरियामा खतरनाक भाइरस, सचेत हुन नेपाली दुतावासको अपिल
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1