कोरियाबाट सहयोग

काठमाडौं – भूकम्पले घर लड्यो, भएभरको अन्न घरमै पुरियो । खाने एक दाना अन्न छैन्, दिनभर भूकम्पको डर, रातभर हावाहुरीको चिन्ता’ नाम्दु–१ भीरगाउँकी बुथी दमाईंले पीडा पोखिन् । यतिबेला यस्तै पीडाले सताएको छ दोलखा नाम्दुका भूकम्प पीडितलाई । राहतको नाममा पाएको एउटा त्रिपालमा रात बिताइरहेकी बुथीलाई सहयोगी हात भेटिएला भन्ने लागेको थिएन । भूकम्पले लडाएको घरमा त्रिपाल हालेर बसेकी उनको घरमा लगाएको त्रिपाल हावाहुरीले उडाएपछि उनलाई थप पीडा थपिदिएको छ । भूकम्पले दोलखाको नाम्दुमा दर्जनौँ घर भत्किए, सयौँ परिवार विस्थापित भए । तर उनको अनुहारमा हाँसो थपियो । भूकम्पले निराश बनाएको परिवारमा एकाएक हौसला थपियो । दक्षिण कोरियामा बस्ने इलामे युवाको संस्था “इलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया” ले चामल दिएर उनको अनुहारमा हाँसो थपिदिएको हो । सरकारले दिएको राहत त पाएकै छैनौँ, तर विदेशमा बस्ने इलामे दाजुभाइले हामीलाई सम्झिए, बुस्तीकी गोमा दाहालले भनिन् । “जिल्लाले नदेखे पनि बाहिरकै जिल्लाका दाजुभाइले हामीलाई सम्झिए, यसैमा हामी खुसी छौँ ।” दोलखाको नाम्दु गाविसका भूकम्पपीडितलाई इलामे युवाले विदेशमा खाई नखाई जम्मा गरेको करिब रु डेढ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरियो । विदेशमा बसेका इलामे युवाले सक्रियताका साथ संकलन गरेको राहत लिएर नाम्दु पुगेका रासस इलामका प्रतिनिधि गोविन्द लामिछानेले पीडितलाई राहत वितरण गरेपछि स्थानीय हरिबहादुर विश्वकर्माले भने“राहत भनेको त यस्तो पो हुन्छ, कसैले त राहतको नाममा कुहिएको चामल दिए, कसैले एक मुठ्ठी तीता चिउरा ।” यहाँका २०० भन्दा बढी घर परिवारलाई सोना मन्सुली चामल, तेल, नुन र साबुन वितरण गरिएको छ । यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय