इटहरी- सुनसरीको झुम्कामा अत्याधिक गर्मीबाट एक जना मजदुरको ज्यान गएको छ । इटहरी र झुम्का बजारमा ठेला चलाएर गुजार गर्दै आएका ५५ वर्षीय सजन चौधरीको भासी रामधुनी नपा–५ स्थित झुम्का बजार बुधबार दिउँसो ज्यान गएको हो । ठेला लिएर हिँडिरहेका इटहरी–१९ को पकली निवासी उनको ‘आज कस्तो गर्मी छ हौ’, भनेपछि बेहोस भइ लडेलगत्तै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले बताए । तराईमा केही सातायता बढेको अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा तापक्रम ४३ डिग्रीमाथि पुगेको छ । पूर्वका बिराटनगर, इटहरीसहितका सहरमा पनि तापक्रमा ४० डिग्रीनजिक पुगिसकेको छ । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1