
काठमाडौं – युएईमा तापक्रम बढ्ने क्रममा छ । मंगलवार युएईको अल ऐनमा तापक्रम बढेर ५० डिग्रि माथि पुग्यो । यो यस बर्षकै सवैभन्दा बढी हो । तापक्रम आगामी दिनमा अझ बढ्न सक्ने देखिएको भन्दै सचेत रहन सूचित गरिएको छ । द नेशनल अनलाइनका अनुसार यस बर्षको सवै भन्दा बढी गर्मी अल ऐन नजिकैको स्वीहानमा ५०. ५ डिग्री रेकर्ड गरियो । मध्यान्न ११ बजेपछि सो तापक्रम रेकर्ड भएको हो । सोही स्थानका बासिन्दा असरफ अल हुसैनले केहि दिनयता निक्कै गर्मीको अनुभव भइरहेको भए पनि मंगलवारको दिन भनें बाहिर खुल्ला ठाउँमा बस्न मुस्किल पर्ने गर्मी भएको बताएको समाचारमा जनाइएको छ । केवल १० मिनेट हिंडेर आवतजावत गर्न समेत मुस्किल परेको अल हसनले बताएका छन् । गर्मी हप्ता भरी नै यस्तै रहने भन्दै स्थानीय मौषम पूर्वानुमान केन्द्रले बाहिर धेरै घुमफिर नगर्न र पर्याप्त मात्रामा पानी खान सल्लाह दिएको छ । यो पनि पढ्नुहोस् अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)