
घनश्याम पराजुली (कृष्ण),दोहा – नेपालमा गएको विनाशकारी भूकम्पमा परेका नेपालीहरुको सहयोगार्थ कतारमा लाईभ कन्सर्ट हुने भएको छ । शुक्रबार ५ जुन तारिखका दिन सल्वा रोडस्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा लाईभ कन्सर्ट गरिने आयोजकले जनाएको छ । द क्यूएन व्याण्ड, सुर साधना सरगम र आरम्भ नाट्य डबली कतारको संयुक्त आयोजनामा कन्सर्ट हुने कार्यक्रममा चितवन आईडल २०७० का रनरअप नवराज श्रेष्ठको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा कतारका स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रमबाट संकलित रकम चितवन जिल्लाको दारेचोक गाबिसका भूकम्प पीडितको सहयोगका लागि खर्च गरिने कार्यक्रमका संयोजक तथा द क्यूएन व्याण्डका म्यानेजर भुवन श्रेष्ठले जानकारी दिए । उक्त गाविसका ६५ घरमा पूर्ण रुपले क्षति पुगेको छ । उक्त ठाउँमा अहिलेसम्म पनि राहत पुग्न नसकेको बताइएको छ । कार्यक्रमको सह संयोजकमा सुर साधना सरगमका अध्यक्ष दिनेश लिम्बु र व्यवस्थापकमा आरम्भ नाट्य डबलीका अध्यक्ष प्रविण राई र बिमल राई रहेका छन भने अन्तराष्ट्रिय कलाकार मञ्च कतार शाखा विशेष सहयोगीको भुमिकामा रहेको छ । कार्यक्रममा रिदम कला केन्द्र, नेपाली कला केन्द्र, प्रवासी नेपाली सांगितिक परिवार, एसबी फिल्म प्रालिका कलाकारहरु साथै हेमन्त लामाको प्रस्तुति रहने छ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रममा द क्यूएन व्याण्डका कलाकारहरु सुदिप परियार, राजु बिक, बिमल राई, आनन्द तामाङ्ग, पशुपति श्रेष्ठ, श्याम लामा, सुमन सुनार, बाबुराम बिक, दीपक गुरुङ्ग, महेश परियार, सन्तोष गुरुङ्ग, राज श्रेष्ठ, गोपीचन्द्र बिक र बिशाल परियारको प्रस्तुती रहने छ । त्यस्तै जकमा सुर साधना सरगमका राकेश चाम्लीङ्ग, शम्भु घिसिङ्ग, अमृत लिम्बु, शन्देश खालिङ्ग, कविन गुरुङ्ग, अमर गुरुङ्ग, दीपक लिम्बु, मनोज दास, परिघास लिम्बु, लक्ष्मण शर्मा, प्रेम कुलुङ्ग, ईन्द्र गुरुङ्ग, रुपेश राई साथै आरम्भ नाट्य डबलीका रामकुमार राई र सरोज श्रेष्ठको प्रस्तुती रहने छ । कार्यक्रमबाट उठेको रकम नेपालका भूकम्प पीडितलाई सहयोग गरिने संयोजक श्रेष्ठ बताउँछन । यो पनि पढ्नुहोस् कुवेतमा लागु औषधसहित तीन नेपाली पक्राउ