दुवईमा एकजनालाई फेसबुक स्टाटसले जेल पुर्यायो

दुबई- दुवईमा एकजना भारतीय नागरिकलाई फेसबुकमा ईश्वरको निन्दा गर्ने आशयको स्टाटस लेखेको अभियोेगमा एक बर्ष जेल सजाय भएको छ । दुवईको एक अदालतले ति ४१ बर्षिय भारतीय नागरिकलाई कैद सजाय सुनाएको हो । जेल सजाय सुनाइएका ती भारतीयको नाम भनें खुलाइएको छैन । गल्फ न्युजका अनुसार उनले आफ्नो आर्इफोनबाट फेसबुक र ह्वाट्स एपमा र्इश्वरको निन्दा गरेको स्टाटसको तस्बिर दुबर्इ पुलिस फेला पारेको दावी गरिएको छ । सोही अभियोेगमा उनी जेल परेका हुन् । ति व्यक्ति सेल्सम्यानका रुपमा काम गर्ने गरी यहाँ आएका थिए । प्रहरीले उनले चलाएको आर्इ फोन समेत बरामद गरेको जनाएको छ । बरामद गरिएको आर्इ फोन प्राविधिक ल्याबमा परीक्षण गर्दा उनैको भएको पत्ता लागेको थियो । न्यायाधीश इज्जत अब्दुल ल्यातले बताए अनुसार जेलको सजाय पुरा भएपछि उनलार्इ भारत फर्काइने छ । तर उनले भने आफूलार्इ निर्दोष बताएका छन् । यो सजायविरुद्ध उनले १५ दिनभित्रमा उच्च अदालतमा पुनरावेदनका लागि अपिल गर्न पाउनेछन् । यो पनि पढ्नुहोस् खबर आयो,शव आएन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय